सामसङको ग्यालेक्सी एस २७ र एस२७ अल्ट्रा मोडलका फोटोहरु केही महिनादेखि अनलाइनमा सार्वजनिक भइरहेका छन्। गत साता यस परीक्षणका लागि तयार पारिएका फोनको पहिलो फोटो समेत सार्वजनिक भएका थिए। प्रो र अल्ट्रा मोडलमा नयाँ डिजाइनको क्यामरा मोड्युल रहने अपेक्षा गरिएको छ। तर हालै सार्वजनिक भएका परीक्षण मोडलहरुको डिजाइन यसअघि सार्वजनिक गरिएका फोटोमा देखाइएको डिजाइनभन्दा फरक रहेको टेलिग्राफले जनाएको छ। आइस युनिभर्सले अर्को एउटा फोटो सार्वजनिक गरेको छ। उक्त फोटो परिक्षण मोडलमा देखिएको पहिलो डिजाइनसँग मेल खान्छ। उनका अनुसार फोटोमा देखाइएको डिजाइन नै ग्यालेक्सी एस२७ प्रो र एस२७ अल्ट्राको अन्तिम डिजाइन हो। दुवै मोडलमा २०० मोगापिक्सेलको क्यामरा रहने अपेक्षा गरिएको छ। यसमा सामसङको एस५केएचपी६ सेन्सर प्रयोग गरिएको छ। त्यस्तै, ५० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा समावेश हुनेछ। उक्त क्यामरामा सोनीको आईएमएक्स८५५ र सामसङको एस५केजेएन३ सेन्सरमध्ये कुनै एक प्रयोग हुन सक्नेछ टेलिग्राफले जनाएको छ। ग्यालेक्सी एस२७ अल्ट्रामा पाँच गुणसम्म अप्टिकल जुम गर्न सकिने ५० मेगापिक्सेलको टेलेफोटो क्यामरा पनि रहने छ। एस२७ प्रो मोडलमा तीन गुणासम्म अप्टिकल जुम गर्न सकिने १० मेगापिक्सेलको टेलेफोटो क्यामरा रहने अनुमान गरिएको छ। उक्त क्यामरामा सामसङको एस५के३एलडी सेन्सर प्रयोग हुने सम्भावना रहेको छ। ग्यालेक्सी एस२७ सिरिज सन् २०२७ को जनवरी वा फेब्रुअरीमा सार्वजनिक गर्ने अनुमान गरिएको छ। The post यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन appeared first on Technology Khabar.
यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






