Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली
Photo / Coverage: पर्दाफास

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् । एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ तारिखदेखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० तारिखमा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो
OthersJust now

विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो

३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ । मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३-० को अग्रता… ...

अनलाइन खबर
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
OthersJust now

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न… ...

अनलाइन खबर
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ
OthersJust now

राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरले देश दौडाहा गरिरहेको छ । पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे एक ठाउँमा उभिएका छन् । ...

अनलाइन खबर
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो
OthersJust now

शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी) को सरुवा गरेको छ । शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play