Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ। केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९८ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०२ पैसा बिक्रीदर ४०० रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्व अन्तर्गत आज ‘खरना’
Latest NewsJust now

छठ पर्व अन्तर्गत आज ‘खरना’

पर्सा । शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्। ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play