काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आज देशभरको मौसम

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






