Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री

यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री

नासाले अत्यधिक चिसो र गर्मीमा पनि काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको छ। भविष्यमा चन्द्रमामा सञ्चालन हुने अभियान, विशेषगरी आर्टेमिस मिसनमा प्रयोग गर्ने उद्देश्यले यस्तो ब्याट्री बनाइँदै छ। पृथ्वीमा प्रयोग हुने अधिकांश इलेक्ट्रोनिक उपकरणमा लिथियम–आयन ब्याट्री प्रयोग हुन्छ। यस्ता ब्याट्रीमा तरल इलेक्ट्रोलाइट हुने भएकाले कम तापक्रममा त्यो जम्न सक्छ र ब्याट्रीमा क्षति पुग्न सक्छ। त्यस्तै, अत्यधिक गर्मीमा पनि यस्ता ब्याट्रीले राम्रोसँग काम गर्न सक्दैनन्। चन्द्रमामा दिनको तापक्रम १०० डिग्री सेल्सियससम्म पुग्न सक्छ। त्यस्तै, चन्द्रमाको दक्षिणी ध्रुवमा रातको तापक्रम माइनस २०० डिग्री सेल्सियससम्म झर्न सक्छ। यस्तो चरम तापक्रममा अहिले प्रयोग भइरहेका ब्याट्री प्रविधि पर्याप्त नहुने भएकाले नासाले नयाँ प्रविधिमा काम गरिरहेको हो। ‘सोलिड पावर फर एक्स्ट्रिम इन्भाइरोमेन्ट एडाप्टेबिलिटी एन्ड रेजिलियन्स इन स्पेस’ (स्पियर्स) नामक परियोजनाअन्तर्गत नासाले तरलको सट्टा ठोस सिरेमिक वा पोलिमर पदार्थ प्रयोग गरेर ब्याट्री विकास गरिरहेको छ। इन्ग्याजेटका अनुसार यी वैकल्पिक ब्याट्रीलाई पनि काम गर्नुअघि तताउनुपर्ने हुन्छ। तर, अहिलेसम्म परीक्षणका क्रममा अत्यधिक चिसोले तिनमा क्षति पुर्‍याएको छैन। साथै, लिथियम–आयन ब्याट्रीको तुलनामा यिनलाई उपयुक्त तापक्रममा राख्न कम ऊर्जा खर्च हुने ताप व्यवस्थापन प्रणाली आवश्यक पर्छ। नासाले सार्वजनिक गरेको विवरणमा यस्तो ब्याट्री विकाससम्बन्धी थप जानकारी दिइएको छ। टोलीले विशेषगरी मंगल ग्रहको चरम तापक्रममा काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको भए पनि यही प्रविधि भविष्यमा पृथ्वीमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणमा समेत उपयोगी हुन सक्ने सम्भावना छ। The post यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

नेप्से पुनर्संरचना र दोस्रो बजार सुधारबारे धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीबीच छलफल
प्रविधिJust now

नेप्से पुनर्संरचना र दोस्रो बजार सुधारबारे धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीबीच छलफल

३० असोज, काठमाडौं। नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोश्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधिकरण विषयमा नेपाल धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारीबीच बोर्डको कार्यालयमा असोज २९ गते छलफल सम्पन्न भएको छ। उक्त छलफलमा बोर्ड अध्यक्ष लगायत बोर्डको […] The post नेप्से पुनर्संरचना र ...

आइसिटी फ्रेम
नेपालमा F5G र AI डिजिटल रूपान्तरणका लागि ह्वावेद्वारा ISP Event 2026 आयोजना
प्रविधिJust now

नेपालमा F5G र AI डिजिटल रूपान्तरणका लागि ह्वावेद्वारा ISP Event 2026 आयोजना

३० असोज, काठमाडौं। ह्वावेले “Accelerate F5G, Boost Intelligence” अर्थात् “F5G को विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ” भन्ने मूल नाराका साथ Huawei Nepal ISP Event 2026 सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायकहरू (ISPs), आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, कृत्रिम बौद्धिकता (AI) र डिजिटल पूर्वाधारमा विकसित […] The post नेपालमा F5G ...

आइसिटी फ्रेम
सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड
प्रविधिJust now

सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले घोषित रुपमै इन्टरनेटको शुल्क बढाउँदा नेपाल टेलिकमले भने सस्ता प्याकेजहरू सार्वजनिक गरेको छ । टेलिकमले घोषणा गरेको सस्तो प्याकेजलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि प्रचार गरेका छन् ।टेलिकमले आजदेखि चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमको यो प्याकेजलाई प्रधानमन्त्री बालेनले प्रचार गरिदिएका हुन् । सरकारी स्वामित्वको ...

आइसिटी समाचार
स्क्रिन फुटेको मोबाइल चलाउँदा के हुन्छ ? यी जोखिमबारे थाहा पाउनुहोस्
प्रविधिJust now

स्क्रिन फुटेको मोबाइल चलाउँदा के हुन्छ ? यी जोखिमबारे थाहा पाउनुहोस्

काठमाडौं । स्मार्टफोन हातबाट खस्दा स्क्रिन चर्किनु वा फुट्नु सामान्यजस्तै बनेको छ । कतिपय प्रयोगकर्ताले सामान्य चिरा परेको भन्दै मर्मत गर्न चासो दिँदैनन् भने केहीले स्क्रिनका टुक्रा झर्ने अवस्थासम्म पनि फोन चलाइरहेका हुन्छन् । तर फुटेको स्क्रिनलाई सामान्य समस्या ठानेर लामो समयसम्म बेवास्ता गर्दा फोनको कार्यक्षमतामा असर पर्नुका साथै प्रयोगकर्ताले विभिन्न जोखिमसमेत सामना गर्नुपर्ने हुन सक्छ ।पहिलेका नोकियाजस्ता फिचर फोन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play