Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, मुख्य साइत बिहान ११ः०७ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, मुख्य साइत बिहान ११ः०७ बजे
Photo / Coverage: टक्सार

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका मनाउँदैछन् । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिकाअनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले बताएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् । आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् । त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ । पौराणिक कथाअनुसार यमुनाले यमराजलाई भेट्न बोलाएको दिनलाई सम्झना गर्दै यो पर्व मनाइन्छ, जसले दाजुभाइ र दिदीबहिनीको प्रेमलाई अटल राख्ने विश्वास छ । पौराणिक कथाअनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा यमुनाले यमराजलाई आफ्नो घरमा निम्तो दिएकी थिइन्। यमुनाको निम्तो स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म बहिनीका घरमा बसी रमाइलो गर्दै भाइटीका लगाएका हुनाले यस समयलाई यमपञ्चक भनिएको हो । आफ्नी बहिनीको सत्कारबाट निकै प्रसन्न भई सूर्यका छोरा यमराजले ‘के वर माग्छ्यौ, माग’ भन्दा यमुनाले ‘प्रत्येक वर्ष यसै समयमा मलाई भेट्न आउनुपर्ने, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु तथा कीर्ति सर्वदा वृद्धि होस्’ भनी वरदान मागिन्। यमराजले पनि बहिनी यमुनालाई ‘तथास्तु’ भनी वरदान दिए। यही पौराणिक कथनअनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारमा भाइटीका लगाउने परम्परा चलेको मानिन्छ । आज नेपालमा भाइटीकाको शुभ साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। स्थान विशेषका कारण विदेशमा भने टीकाको साइत फरक पर्न सक्दछ। टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्दछ भने लगाइदिने दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्दछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Latest NewsJust now

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग ...

कर्पोरट खबर
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
Latest NewsJust now

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर।भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई ...

नेपालन्युज
टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
Latest NewsJust now

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play