Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी

म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । म्यानचेस्टर युनाइटेडले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफको ५०औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ६२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले वेस्ली फोफानामाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्डसहित मैदान छाड्नुपर्‍यो । त्यसपछि प्राप्त पेनाल्टीमा कोल पाल्मरले ६४औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए । यस जितसँगै चेल्सीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । चेल्सीको ९ खेलमा १६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । यता म्यानचेस्टर युनाइटेडले लगातार खराब नतिजाको सामना गर्नुपरेको छ। प्रशिक्षक माइकल क्यारिकमाथि पनि दबाब थपिएको छ । युनाइटेडको यो खेलपछि ९ खेलमा ७ अंक रहेको छ र १६औं स्थानमा रहेको छ । The post म्यानचेस्टर युनाइटेडको अर्को हार, चेल्सी २-० ले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति
ताजा खबरJust now

देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति

काठमाडौँ । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनाबाट तीन... ...

रातोपाटी
देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते
ताजा खबरJust now

देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौँ, कात्तिक १४ गते । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपा... ...

गोरखापत्र
१२ बजे १२ समाचार : विराटनगरको पहिलो जित, एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र
ताजा खबरJust now

१२ बजे १२ समाचार : विराटनगरको पहिलो जित, एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र नेपालको वर्तमान संविधान धारा ३१ मा... ...

रातोपाटी
विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित
ताजा खबरJust now

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल मैदानको अवस्थालाई लिएर उत्पन्न विवाद, लामो अन्योल र पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धापछि टुङ्गिएको छ । वर्षाका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play