काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तामाझ उत्साह थपेको छ । अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नुभएको छ । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कार विजेता प्रदीप लामाका लागि यो क्षण निकै खुसीको बनेको छ । एउटा क्यानबाटै यति ठूलो पुरस्कार जित्ने कल्पनासमेत नगरेको उहाँले बताउनुभयो । ‘एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारकै लागि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु,’ उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो । म्याक्स टाइगरको हरेक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले देशभरका उपभोक्तामा उत्साह थपेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन् । मोटरसाइकल जित्ने उपभोक्तामा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् । त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् । यसैगरी, स्कुटर जित्ने भाग्यशाली उपभोक्तामा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् । सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौँडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जित्नुभएको कम्पनीले जनाएको छ । म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो । तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् । अभियानमा अझै आठ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ । उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।
म्याक्स टाइगरको ‘दशैं धमाका’मा प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






