Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मौलिक पर्व, भाषा र संस्कृतिको संरक्षणमा बागमती प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौलिक पर्व, भाषा र संस्कृतिको संरक्षणमा बागमती प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर
Photo / Coverage: जनताटाइम्स

हेटौँडा, कात्तिक २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलेविविधतायुक्त विशेषताहरूबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र सांस्कृतिक धरोहर भएकाे बताउनु भएकाे छ । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले मौलिक पर्व, भाषा तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो। उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र भएको उल्लेख गर्दै विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताउनुभएको छ। “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र हो। विविधतायुक्त विशेषताहरूबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र सांस्कृतिक धरोहर हो,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले नेपाली समाजमा मनाइने मौलिक चाडपर्व तथा ऐतिहासिक सांस्कृतिक परम्पराले सामाजिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ। “यस्ता मौलिक पर्व र ऐतिहासिक संवाहकहरूले नेपाली समाजमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्,” उहाँले भन्नुभएको छ। मौलिक संस्कृति र परम्पराको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वयमा यस क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “बागमती प्रदेश सरकार आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्दै, स्थानीय तह र सरोकारवाला निकायहरूसँगको समन्वयमा यस्ता राष्ट्रिय गहनाका रूपमा रहेका चाडपर्व, भाषा एवं संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको छ,” मुख्यमन्त्री थापा मगरले स्पष्ट पार्नुभएको छ। उहाँले दशैँपछिको दोस्रो ठूलो पर्वका रूपमा रहेको तिहार धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले विशिष्ट महत्वको पर्व भएको बताउनुभएको छ। पाँच दिनसम्म यमपञ्चकका रूपमा मनाइने यस पर्वले मानव र प्रकृतिका साथै पशुपन्छीबीचको प्रगाढ सम्बन्धलाई उजागर गर्ने उहाँको भनाइ छ। “पाँच दिनसम्म यमपञ्चकको रूपमा मनाइने यस पर्वले मानव र प्रकृति तथा पशुपन्छीबीचको प्रगाढ सम्बन्धलाई उजागर गर्दछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। तिहारको सांस्कृतिक तथा धार्मिक महत्वबारे चर्चा गर्दै मुख्यमन्त्री थापा मगरले घरघरमा दीप प्रज्वलन गरी लक्ष्मीको पूजा आराधना गर्ने, देउसी–भैलोजस्ता मौलिक संस्कृतिलाई जीवन्त राख्ने तथा भाइटीकाका माध्यमबाट दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई प्रगाढ बनाउने परम्परा यस पर्वका विशेषता भएको बताउनुभएको छ। “घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्नु, देउसी–भैलोजस्ता मौलिक संस्कृतिलाई जीवन्त राख्नु र भाइटीकामार्फत दिदीबहिनी तथा दाजुभाइको पवित्र प्रेमलाई प्रगाढ बनाउनु यसको मुख्य विशेषता हो,” उहाँले भन्नुभएको छ। त्यसैगरी, नेपाल संवतकाे नयाँ वर्ष र नेवार समुदायले मनाउने म्ह पूजाको सांस्कृतिक महत्वलाई पनि उहाँले विशेष रूपमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय गौरवको प्रतीकका रूपमा रहेको नेपाल संवत्को नयाँ वर्ष तथा नयाँ वर्षकै अवसरमा नेवार समुदायले धार्मिक आस्थाका साथ मनाउने म्ह पूजा (आत्मपूजा) ले नेपालको सांस्कृतिक वैभवलाई थप उचाइ दिएको उहाँको भनाइ छ। मुख्यमन्त्री थापा मगरले चाडपर्वलाई आपसी सम्बन्ध र सामाजिक सद्भाव सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ। तिहार र नेपाल संवत्को अवसरले नेपालीबीचको भाइचारा, मित्रता र भावनात्मक एकतालाई थप बलियो बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। “तिहार र नेपाल संवतकाे यस पावन घडीलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने सुखद अवसरका रूपमा मनाउन सम्पूर्णमा अपिल गर्दछु,” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ। उहाँले तिहार (दीपावली) २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सभापति थापाले दिए नेपाल संवतको शुभकामना
PoliticsJust now

कांग्रेस सभापति थापाले दिए नेपाल संवतको शुभकामना

गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास ...

हाम्राकुरा
४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा
PoliticsJust now

४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक पारदर्शिता, कर्मचारी नियुक्ति र संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठेको छ। संस्थाका अध्यक्ष विशाल भण्डारी... ...

सिंहदरबार न्युज
नेपाल संवतले राष्ट्रिय एकता र मौलिक पहिचान सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
PoliticsJust now

नेपाल संवतले राष्ट्रिय एकता र मौलिक पहिचान सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

काठमाडौं, कात्तिक २४। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी राष्ट्रिय विभूति शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गर्नुभएको ऐतिहासिक घटनाको स्मरण ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play