Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् । आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह: पूजाको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले उक्त भनाइ राखेका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उनले उल्लेख गरेका छन् । “आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह: पूजा’ को मर्म अति गहिरो छ: ‘म्ह:’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ”, उनले उल्लेख गरेका छन् । यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र यो हाम्रा लागि गौरवको विषय भएको उनको भनाइ छ । आजैका दिन भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषि कर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । “त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ”, उनले भनेका छन्, “हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् ।” प्रधानमन्त्री शाहले पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना पनि व्यक्त गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो
OthersJust now

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

अमेरिकाको मध्यावधि निर्वाचनमा आप्रवासन नीति रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये एक बनेको विश्लेषण भइरहेको छ। ...

अनलाइन खबर
कुवेतमा स्थापित नेपाली उद्यमी
OthersJust now

कुवेतमा स्थापित नेपाली उद्यमी

वैदेशिक रोजगारीका लागि २२ वर्षअघि कुवेत पुगेका गुल्मी छत्रकोटका राजु कार्कीले सुरुमा यान्डविच बनाए । काउन्टरमा सघाए । सरसफाइ गरे । तर उनी आफैं रेस्टुरेन्ट मालिक बन्न चाहन्थे । साथीभाइसँग मिलेर चौतारी रेस्टुरेन्ट खोले । अहिले कुवेतका प्रमुख शहरहरूमा यसका १२ वटा आउटलेट सञ्चालनमा छन् । उनको व्यवसायले २०० भन्दा बढीलाई रोजगारी दिएको छ । ...

अनलाइन खबर
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी
OthersJust now

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

अर्बौं रुपैयाँ लगानी र लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षक हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा अपेक्षित सिकाइ उपलब्धि हासिल हुन नसक्नुको मुख्य कारण कमजोर व्यवस्थापन, शिक्षक नियुक्तिमा राजनीतिक हस्तक्षेप र जवाफदेहिताको अभाव हो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play