Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मौरीपालनमा सम्भावना अपार, किसानका चुनौती अनेक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौरीपालनमा सम्भावना अपार, किसानका चुनौती अनेक
Photo / Coverage: नेपालन्युज

झापा। मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि रोग संक्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको समस्याले किसान निरुत्साहित हुन थालेका छन्। लगानीअनुसार प्रतिफल नपाउँदा व्यावसायिक मौरीपालन सङ्कटमा परेको किसानको गुनासो छ। शिवसताक्षी उद्योग वाणिज्य सङ्घको समन्वयमा सङ्कल्प एग्रो टेक प्रालिले आयोजना गरेको पाँचदिने सहकारी मौरीपालन तालिम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम बिहीबारदेखि सुरु भएको छ। तालिममा शिवसताक्षी, कनकाई र अर्जुनधाराका २५ जना किसान सहभागी छन्। तालिममा सहभागी शिवसताक्षीकी देवीकुमारी दाहालले २०० घारबाट सुरु गरेको व्यवसायमा रोग संक्रमणका कारण १५० घार गुमाएकी छन्। अहिले उनीसँग ५० घार मात्र बाँकी छन्। उनले मौरीपालनलाई टिकाउन सरकारले किसानमैत्री कार्यक्रम र आर्थिक सहयोग गर्नुपर्ने बताइन्। वार्षिक दुई हजार किलोग्रामसम्म मह उत्पादन गर्दै आएका किसान नन्दकुमार दंगालले विषादीको प्रयोगलाई मौरीपालनको प्रमुख चुनौती बताए। खेतबारीमा प्रयोग गरिने विषादीका कारण चरनमा गएका मौरी मर्ने र घारमा नफर्किने समस्या बढेको उनको भनाइ छ। कनकाईका भुवन अधिकारीले पनि १०० घारबाट मौरीपालन गर्दै वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। उनले विषादी नियन्त्रण र किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरे। शिवसताक्षी नगरपालिकामा हाल करिब दुई हजार मौरीका घार सञ्चालनमा रहेको कृषि शाखाले जनाएको छ। कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार पाँच वर्षअघि नगरका करिब ५५ प्रतिशत किसानका घरमा मौरीका घार हुने गरेकामा अहिले मौरीपालनप्रतिको आकर्षण घटेको छ। यसैबीच, अर्जुनधाराका युवा सुवास चापागाईंले आफ्नो फलफूल बगानमा मौरीपालन गर्ने योजना बनाएका छन्। आँप, केरा र लिचीका बोटमा परागसेचनमा समेत सहयोग पुग्ने भएकाले आफू यस व्यवसायमा आकर्षित भएको उनले बताए। कोशी प्रदेश सरकारको उदय परियोजनामार्फत किसानले उद्यम सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग पाउन सक्ने मन्त्रालयका शाखा अधिकृत विमल बास्कोटाले जानकारी दिए। परियोजनाले उत्पादनको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा समेत सहयोग गर्ने जनाएको छ। तालिम आयोजक सङ्कल्प एग्रो टेक प्रालिका प्रबन्ध निर्देशक सुरेश रेग्मीले किसानलाई उत्पादनसँगै गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापनमा सहयोग गर्न सके मौरीपालनलाई थप व्यावसायिक र आम्दानीमूलक बनाउन सकिने बताए। किसानले मौरीपालनलाई दिगो बनाउन रोग नियन्त्रण, विषादीको व्यवस्थित प्रयोग, सरकारी प्रोत्साहन र उत्पादित महको उचित बजार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुइँकै नदिई आईजीपी हटाइँदा रास्वपाभित्र खैलाबैला, अब अदालतको आशा
Latest NewsJust now

सुइँकै नदिई आईजीपी हटाइँदा रास्वपाभित्र खैलाबैला, अब अदालतको आशा

प्रधानममन्त्री वालेन्द्र शाह (बालेन) ले सुइँकै नदिई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिलखबन्दमा परेका छन्। पार्टीका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहले जानकारी नै नदिई आईजीपी कार्कीको जिम्मेवारी खोसेपछि सभापति लामिछाने अब के गर्ने भन्ने अन्योलमा परेका... ...

नेपालखबर
उदयदेखि पतनसम्म : हलिउड स्टार र विवादित राजनीतिक अभियन्ताको यात्रा
Latest NewsJust now

उदयदेखि पतनसम्म : हलिउड स्टार र विवादित राजनीतिक अभियन्ताको यात्रा

लन्डन । कुनै समय बेलायतको मनोरञ्जन जगत्का सबैभन्दा चर्चित र प्रभावशाली व्यक्तिमध्ये एक मानिने रसेल ब्रान्ड अहिले बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर भएपछि गम्भीर कानुनी संकटमा परेका छन् । हास्य... ...

रातोपाटी
नगद र ताससहित सात जना पक्राउ
Latest NewsJust now

नगद र ताससहित सात जना पक्राउ

शुभकला राईओखलढुङ्गा, कात्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नगद र ताससहित ७ जना पक्राउ गरेको छ । जिल्ला सदरमुकाम ओखलढुंगा बजारको जिविसचोकबाट तास खेलिरहेको अवस्थामा प्र... ...

गोरखापत्र
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै
Latest NewsJust now

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play