बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पु¥याइएको थियो । उपचारकै क्रममा सोही दिन दिउँसो ३ः०० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । वीरबहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँचवटा वनमौरीका घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका थारुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।
मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






