मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल

मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेम सँग छलफल गरेका छन् । मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण तथा नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा श्रमिकका लागि सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै दुई देशबिचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उपनेता पराजुलीले बताए । नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयले पनि छलफलमा महत्त्व पाएको थियो। यस क्रममा कूटनीतिक उपस्थितिको आवश्यकता र सम्भावना तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको पराजुलीले जानकारी दिए । भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यका माध्यमबाट जोड्दै दुवै देशबिच पर्यटकीय आदानप्रदान प्रवर्द्धन गर्न सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो । त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा भएको थियो। यस्तो सहकार्यले दुवै देशका नागरिकबिच सांस्कृतिक समझदारी, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो । भेटका क्रममा उपनेता पराजुलीले आत्मीय स्वागत र सार्थक संवादका लागि मन्त्री उतेमप्रति धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकको हित संरक्षण तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्यका माध्यमबाट नेपाल–मौरिसस सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । The post मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्। राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा ... ...

दाङमा सराय नाचको रौनक सुरु
घोराही (दाङ) । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । यसको संरक्षणका लागि सराय नाचको सुरुआत निकै सकारात्मक रहेको गुल्मी जिल्ला मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आउनुभएका आशिष पन्थी बताउँछन् । यसले हरेर वर्ष यसरी नै निरन्तरता पायो भने सराय ...

निकोलस ज्याक्सनको दुई गोलमा म्यानचेस्टर सिटी पराजित
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीको लगातार सात खेलको शतप्रतिशत जितको यात्रा अन्त्य गरेको छ। निकोलस ज्याक्सनले दुई गोल गरेपछि भिल्लाले शनिबार सिटीलाई २–१ गोलले पराजित गरेको... ...

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो
म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री पुनले शनिबार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोका साथै गत महिना म्याग्दी […] ...


