Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उनले लेखेका छन् । टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताएका छन् । उनले आफ्नो क्रिकेट यात्रामा साथ दिने सहकर्मी खेलाडी, प्रशिक्षक, परिवारका सदस्य तथा सुखदुःखका हरेक क्षणमा साथ र विश्वास कायम राख्ने भारतीय क्रिकेट समर्थकप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र क्रिकेट एसोसिएसन अफ बंगाललाई पनि उनले धन्यवाद दिएका छन् । ती संस्थाले आफ्नो प्रतिभामाथि विश्वास गर्दै अघि बढ्ने अवसर दिएको उनको भनाइ छ ।‘टेस्ट क्रिकेटमा मैदानमा फालेको मेरो अन्तिम बल सायद यसअघि नै फालिसकेको छु । तर, भारतको प्रतिनिधित्व गर्न पाएको गौरव सधैँ मेरो हृदयमा जीवित रहनेछ,’ शमीले लेखेका छन् । ३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् । टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !
Latest NewsJust now

नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको बहुप्रतीक्षित ‘नेपाल हाउस’ निर्माण परियोजना विवादमा परेको छ । जापानमा रहेका नेपालीबाट करोडौँ रुपैयाँ संकलन गरेर अघि बढाइएको परियोजनाका लागि खरिद प्रक्रिया अघि... ...

रातोपाटी
ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
Latest NewsJust now

ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला । ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बचेका छन् । स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन... ...

रातोपाटी
दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग
Latest NewsJust now

दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play