Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप
Photo / Coverage: विश्वखबर

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दाबी गरेका हुन् । राहुललाई ‘प्रधानमन्त्री मोदीले तपाईंलाई विदेशी सहयोग प्राप्त भइरहेको बताउने गरेका छन्, जबकि तपाईंले मोदी विदेशी शक्तिको नियन्त्रणमा रहेको आरोप लगाउनुहुन्छ, त्यसको प्रमाण के छ’ भन्ने प्रश्न गरिएको थियो । जवाफमा राहुलले आफ्नो मोबाइल फोन देखाउँदै भने, ‘प्रमाण यही छ, यो फोनमा छ । प्रधानमन्त्रीलाई पनि यसबारे थाहा छ, किनकि उहाँले मेरो फोन ट्याप गर्नुहुन्छ ।’ उनले प्रधानमन्त्री मोदीसँग आमनेसामने बहस भएमा विदेशी शक्तिको नियन्त्रणमा को छ र देशविरोधी को हो भन्ने कुरा स्पष्ट हुने दाबी गरे । मोदी कहिलेदेखि देशविरोधी गतिविधिमा संलग्न छन् भन्नेलगायतका विभिन्न जानकारी आफूसँग रहेको र ती सबै आफ्नो फोनमा सुरक्षित रहेको राहुलको भनाइ छ । राहुलको फोन ट्यापिङसम्बन्धी आरोपबारे प्रधानमन्त्री मोदी वा प्रधानमन्त्री कार्यालयका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर राहुलको आरोपप्रति भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले भने प्रतिक्रिया दिएका छन् । भाजपा केरल प्रदेश अध्यक्ष राजीव चन्द्रशेखरले राहुलको दाबीप्रति व्यंग्य गर्दै आफ्नो मानसिक स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । उनले राहुलको फोन ट्याप गर्न कसैलाई रुचि नभएको टिप्पणी गरे । ‘म राहुल गान्धीलाई पूर्ण सम्मानका साथ यति मात्र भन्न चाहन्छु कि उहाँले आफ्नो दिमागको जाँच गराउनुपर्छ । उहाँको फोन ट्याप गर्न कसैलाई पनि चासो छैन’, उनले भने, ‘कसैलाई केही जान्न मन छ भने राहुलको दिमागले हरेक दिन झूट मात्रै किन बोल्छ भन्ने जान्न मन छ ।’ त्यस्तै, उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले पनि राहुलको आरोपको जवाफ दिएका छन् । उनले राहुलको फोन कसैले ट्याप गर्नुपर्ने आवश्यकता नरहेको टिप्पणी गर्दै विदेशी व्यक्तिले नै उनको फोन ह्याक गरेको हुन सक्ने व्यंग्य गरे ।–एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान
Latest NewsJust now

मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान

जनकपुर। मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजेदेखि बस्नेगरी आह्वान गरिएको छ । मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा... ...

रातोपाटी
नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली
Latest NewsJust now

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर... ...

रातोपाटी
भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकको शव आफन्तले बुझे [तस्बिरहरू]

मृतकका आफन्त र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिको विषय प्रतिवेदनमा समेट्ने सहमति भएपछि ...

हाम्राकुरा
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग
Latest NewsJust now

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play