जनकपुरधाम।धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ। श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २–००४ प २०४६ नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका–९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्तकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। गम्भीर घाइते भएका यादवको मृत्यु भएको हुँदा चालक र मोटरसाइकललाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






