Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

त्रिभुवन विमानस्थलमा सुनसहित चिनियाँ नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिभुवन विमानस्थलमा सुनसहित चिनियाँ नागरिक पक्राउ
Photo / Coverage: पर्दाफास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने ६३५.९६ ग्राम पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओछिङ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुओछिङ २९ कात्तिकमा क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै काठमाडौँ आएका थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइएका पहेँलो रङका दुई गोलाकार अर्धठोस टुक्रा फेला परेका थिए । विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डुण्डीराज नेउपानेले जारी गरेको विज्ञप्तिअनुसार उक्त पदार्थ भन्सार छलेर लैजान खोजेको आशंकामा प्रहरीले गुओछिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
OthersJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास… ...

अनलाइन खबर
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव
OthersJust now

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकको ऐतिहासिक योगदान र आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंक स्थापनाको उद्देश्य आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको विकाससँग जोडिएको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले नेपाल बैंकले आगामी दिनमा तीनवटा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play