Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

दुधको मूल्यवृद्धि गर्न किसानहरूको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुधको मूल्यवृद्धि गर्न किसानहरूको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए । उनले प्रत्येक २ बर्षमा दुधको मूल्य पुनवरालोकन गर्ने व्यबस्था गरिएको भएपनि सो बिषयमा कुनै छलफल हुन नसकेको गुनासो गरे । पटकपटक कृषि मन्त्रालय लगाएत सरोकारवालाहरूमा ज्ञापन पत्र बुझाउदा समेत सरकारले चासो नदिएको उनको भनाइ छ । हाल ६५ रूपैयाँ प्रतिलिर बिक्री गर्दै आएको दुधको मूल्य ७५ रूपैयाँ हुनुपर्ने माग किसानहरूको छ । २०७६ सालमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ भने करिब ४० किसानहरू यो पेशामा आवद्ध रहेको संघले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी
Latest NewsJust now

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

अक्टोबरमा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। ...

कान्तिपुर
विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल
Latest NewsJust now

विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल

महोत्तरी। सभामुख डोलप्रसाद अर्यालले नेपालीले विकासविना समृद्धि नहुने बताउँदै यसका लागि सबैको साझा प्रयत्न र संवाद परुरी रहेको बताएका छन्। छठ पर्वका लागि मधेस आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको... ...

रातोपाटी
सहमतिपछि खुल्यो अवरुद्ध गुलरिया–नेपालगन्ज सडक
Latest NewsJust now

सहमतिपछि खुल्यो अवरुद्ध गुलरिया–नेपालगन्ज सडक

लालपुरमा शनिबारको दुर्घटनामा बाँकेका बाबु-छोराको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play