Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो । बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो । छलफलमा वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग भएको सम्झौता तथा चिकित्सा शिक्षा सुधारका विषयमा भएको सम्झौताका कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको छ । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ । बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा उठेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने स्पष्ट पारे । चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आयोगलगायत सम्बन्धित संस्थाहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा अग्रवालले सम्झौता कार्यान्वयनसँगै मेडिकल शिक्षालाई सुदृढ, गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, ...

नेपालन्युज
मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ
Latest NewsJust now

मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीबाट दुई जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव ... ...

नेपालखबर
प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए
Latest NewsJust now

प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए

काठमाडौँ । बिहान उठेर नुहाउन पस्दा म्याग्दीका सुरेन्द्र खत्रीको हातबाट साबुन दशौँ पटक भुइँमा खस्छ । चिप्लो साबुनलाई च्यापेर टाउकोमा पुर्‍याउन उनका लागि ठुलै युद्ध जितेझैँ हुन्छ । यो उनले... ...

रातोपाटी
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली
Latest NewsJust now

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement