Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मेची भन्सारले तीन महिनामा उठायो ४ अर्ब ६७ करोड राजस्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेची भन्सारले तीन महिनामा उठायो ४ अर्ब ६७ करोड राजस्व
Photo / Coverage: कर्पोरट खबर

झापा । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी मांकल राईका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ४ अर्ब ६७ करोड ७ लाख ७३ हजार रूपैयाँ संकलन गरेको हो। यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व संकलन भएको हो। महिनागत विवरणअनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रूपैयाँ संकलन भएको थियो। त्यस्तै, भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रूपैयाँ संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। असोजमा भने राजस्व संकलन थप बढेको देखिन्छ। उक्त महिनामा एक अर्ब ८४ करोड ५० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रूपैयाँ संकलन भएको छ। यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो। कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा ४ अर्ब १५ करोड २० लाख नौ हजार रूपैयाँ संकलन भएको थियो। रासस The post मेची भन्सारले तीन महिनामा उठायो ४ अर्ब ६७ करोड राजस्व appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
Latest NewsJust now

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ। “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय ...

नेपालन्युज
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन
Latest NewsJust now

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

काठमाडाैँ। काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी... ...

रातोपाटी
संविधान संशोधनदेखि प्रदेश संरचनामा जनमत संग्रहसम्मका मागसहित धवलशम्सेरले सार्वजनिक गरे ८ संकल्प
Latest NewsJust now

संविधान संशोधनदेखि प्रदेश संरचनामा जनमत संग्रहसम्मका मागसहित धवलशम्सेरले सार्वजनिक गरे ८ संकल्प

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशम्सेर राणाले संविधान संशोधनसहितका ८ बुँदे संकल्प सार्वजनिक गरेका छन् । मंगलबार एक राजधानीमा पत्रकार सम्मेलन गरेर उनले संवैधानिक राजसंस्था र सनातन... ...

रातोपाटी
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
Latest NewsJust now

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ। गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play