Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
Photo / Coverage: नेपालन्युज

मुस्ताङ।गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन्। हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन। मुस्ताङको वारागुङ–३ एक्लेभट्टीदे छुकसुम्बसम्म सडकको अवस्था सामान्य रहे पनि छुकसम्बदेखि भेरोलसम्म जोखिमपूर्ण छ। त्यस खण्डमा कतिपय स्थानमा ट्याक खोल्न बाँकी नै छ भने कतिपय साँघुरो घुम्तीका कारण ट्याक्टर समेत सञ्चालन गर्न सकिएको छैन। यद्यपि उपल्लो डोल्पाका लागि उक्त सडक निकै महत्त्वपूर्ण पहुँच मार्गका रुपमा लिने गरिएको छ। त्यहाँका नागरिकलाई खाद्यान्न ढुवानीदेखि पोखरा–काठमाडौं आवतजावत गर्न उक्त सडक सबैभन्दा छिटो र सहजको रुपमा हुने अपेक्षा गरिएको छ। त्यस सडक निर्माण सम्पन्न भएपछि माथिल्लो डोल्पामा भ्रमण गर्ने पर्यटकका लागि समेत सहज हुनेछ। उक्त सडकको छुकसम्मदेखि भेरोलसम्मको करिब चार किलोमिटर निर्माण तथा स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारबाट चालु वर्ष एक करोड बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन चोख्यालले जानकारी दिए। उनका अनुसार क्षेत्रमा सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पाँच करोड स्रोत सुनिश्चित गरी बहुवर्षीय योजनाको रुपमा लैजाने कार्यालयद्वारा आवश्यक तयारी समेत पूरा गरिसकेको छ। बहुवर्षीय स्रोत सुनिश्चित भए लगत्तै छुकसम्म–भेरोल सडकको ठेक्का खुलाइने प्रमुख चोख्यालको भनाइ छ। मुस्ताङ–डोल्पा सडकका लागि प्रदेश सरकारद्वारा बजेट विनियोजन भएसँगै पूर्वाधार विकास कार्यालयको प्राविधिक टोलीले त्यस सडकको यथाशीघ्र प्रारम्भिक अध्ययन सुरु गर्ने जनाइएको छ। उक्त सडकको बारागुङ–३ पाक्लिङदेखि–५ छुकसम्बसम्मको ५२ किलोमिटर सडको स्तरोन्नतिका लागि चालु आवमा १० करोड रकम विनियोजन भएको डिभिजन सडक बाग्लुङका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए। गत वर्ष छुकुसम्मदेखि केहीमाथिसम्म कार्यालयबाट सडक निर्माण सुरु गरेकामा चालु वर्ष पाक्लिङदेखि छुकसम्म स्तरोन्नति गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा पुगेको इञ्जिनियर भण्डारीले जानकारी दिए। त्यसका लागि मध्यकालीन खर्च संरचनाको स्रोत सहमति स्वीकृत हुन बाँकी रहेको जनाइएको छ। मुस्ताङको पाक्लिङदेखि डोल्पाको याकखर्कसम्मको करिब ६० किलोमिटर दूरी छ। त्यसमध्ये पाक्लिङदेखि छुकसम्बसम्मको ५२ किलोमिटर दूरीमा कच्ची सडक विस्तार भएकाले स्तरोन्नति गर्दै लैजाने योजना छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
Latest NewsJust now

पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ। उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ। पोखरा भने अहिलेसम्म जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो। पोखरा ...

नेपालन्युज
आन्द्रे रसेलले गरे नेपाली समर्थकको प्रशंसा, भने– अर्को वर्ष पूरै प्रतियोगिताका लागि आउँछु
Latest NewsJust now

आन्द्रे रसेलले गरे नेपाली समर्थकको प्रशंसा, भने– अर्को वर्ष पूरै प्रतियोगिताका लागि आउँछु

काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले नेपालमा क्रिकेट खेल्दा आफूले निकै रमाइलो अनुभव गरिरहेको बताएका छन् । आजको खेल जितेपछि प्रतिक्रिया दिँदै रसेलले नेपाली क्रिकेट समर्थकको खुलेर प्रशंसा गरे । उनले समर्थकको उत्साह र समर्थनले मैदानमा खेलाडीलाई थप ऊर्जा दिने बताए । ‘म यहाँ खेल्न निकै रमाइरहेको छु । अर्को एउटा खेलका लागि पनि यहाँ बस्दैछु । नेपाली समर्थकहरू उत्कृष्ट ...

केन्द्रबिन्दु
दुई अध्यादेश ल्याउनेसहित यस्ता छन् सरकारका ६ निर्णय
Latest NewsJust now

दुई अध्यादेश ल्याउनेसहित यस्ता छन् सरकारका ६ निर्णय

सरकारले दुई वटा अध्यादेश ल्याउनसहित विभिन्न ६ वटा निर्णय गरेको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।  मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन ग... ...

नेपालखबर
विभिन्न आन्दोलनका घाइतेको उपचार कार्यविधि स्वीकृत
Latest NewsJust now

विभिन्न आन्दोलनका घाइतेको उपचार कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पनि पारित गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play