मुगुको खत्याडमा आगलागी : किराना र टेलर पसल पूर्ण रूपमा जलेर नष्ट

मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका–२, जाम बजारमा गए राति भएको अचानक आगलागी बाट दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुला लाखेको धनमाल जलेर नष्ट भएका छन्। प्रहरी चौकी श्रीकोट मुगुका अनुसार मिति २०८३ साल कात्तिक १२ गते राति १२ः५ बजेको समयमा स्थानीय विष्णु संज्याल र अन्नाम दमाईका पसलमा आगलागी भएको हाे । घटनाको विवरण अनुसार, सोही ठाउँ बस्ने वर्ष ४० को विष्णु संज्यालको जस्ता र काठले बनेको किराना पसल तथा वर्ष ३७ को अन्नाम दमाईको कपडा सिलाई टेलर पसलमा अचानक आगो लागेको थियो । आगलागीको खबर प्राप्त हुन् साथ प्रहरी चौकी श्रीकोट बाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)नन्द बहादुर रावतको कमान्डमा ४ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा राति १ः१० बजेको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको र आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भई रहेको छ भने आगलागी बाट कति क्षेत्री भयो भन्ने विषयमा मुचुल्का पछि विवरण आउने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले बताउनुभयाे । आगलागीबाट पसल भित्र रहेका सम्पूर्ण मालसामानहरू जलेर नष्ट भएका छन् । घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। आगलागी हुनुको यकिन कारण भने हालसम्म खुल्न सकेको छैन। उक्त घटनास्थल प्र.चौ. श्रीकोटबाट पैदल करिब ४५ मिनेटको दूरीमा पर्दछ । अचानक कहाँबाट आगलागी भयो कसरी के भयो भन्न विषयमा थाहा छहिन राति सुतिरहेको अवस्थामा एक्कासि आगो जलेको थाहा भयो कमाई खाने यही टेलर पसल हो आगो लागेर खरानी भयो सबै लता कपडा भाडाकुडि, अन्न जलिसक्यो । हिउँदको चिसो समय आएको छ । कसरी घरपरिवारको जीवन चलाउने अब बिचल्ली भयो भन्दै दुख ब्याक्त आगलागी पीडित अन्नाम दमाईले बताउनुभयाे । – दानबहादुर बुढा, नेपाल न्यूज बैंक
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


