<p>मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन्।</p> <p>प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको जनाएको हो।</p> <p>त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ।</p> <p>प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत राजीनामा स्वीकृति र कार्यभार निरन्तरताबारे जानकारी गराइएको हो।</p>
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम

Read Complete Original Article
Published originally on पर्दाफास






