Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित
Photo / Coverage: पर्दाफास

महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ । आज सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन जोडिन् । बाँकी नेपाली ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । भारतका लागि बलिङतर्फ मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक चार विकेट लिइन् । त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक-एक विकेट लिइन् । भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने तालिका छ । नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यु-१९ विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
OthersJust now

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

२८ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अबिनाश… ...

अनलाइन खबर
पोखराको लेकसाइडमा प्रहरीको अपरेसन सभ्यता : तीन दिनमा ४४ जना पक्राउ
OthersJust now

पोखराको लेकसाइडमा प्रहरीको अपरेसन सभ्यता : तीन दिनमा ४४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुव्र्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक ...

पर्दाफास
मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा
OthersJust now

मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा

उकालो, हिउँ र चिसो मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर अचम्म ! हिउँको यात्रामा न भोक लाग्यो, न तिर्खा, न थकाइ नै महसुस भयो । ...

अनलाइन खबर
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय
OthersJust now

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय

प्रदेश प्रमुखको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म पेस गर्नुपर्नेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play