काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीले आजको खेलमा अन्तिम ११ मा एक परिवर्तन गरेको छ । बंगलादेशका शमिम होसेनको स्थानमा अमेरिकी देब्रेहाते स्पिन अलराउण्डर अलि शेखलाई टोलीमा समेटेको छ । यता टस हारेर पहिले ब्याटिङ गर्न लागेको विराटनगर किंग्सले भने टोलीमा दुई परिवर्तन गरेको छ । एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रञ्जाने र सुजन थपलियालाई मौका दिएको छ ।
विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






