Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथ साहित्य सम्मान-२०८३ कट्टेललाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ साहित्य सम्मान-२०८३ कट्टेललाई
Photo / Coverage: हिमालय टाइम्स

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जिल्ला सोलुखुम्बुको अग्रज साहित्यकार तथा कवि हरि कट्टेललाई नेचा सल्यान गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच सगमाथाको उचाइ बराबरको नगद ८८४८ रुपयाँसहित सम्मानित हुनुभएको छ । साहित्यकार कट्टेल र मुलीवीर राईलाई नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान गरेबापत सोलुखुम्बु इनिसियटिभ नामक संस्थाले मुक्तिनाथ साहित्य सम्मान-२०८३ बाट नगद, सम्मान पत्र, मेडल र दोसल्लासहित सम्मान गरेको हो । संस्थाले एक साहित्यिक कोषको व्यवस्था गरी गत वर्षबाट सम्मान प्रदान गर्दै आएको छ । गत वर्ष उक्त सम्मानबाट रेणुका थापा सम्मानित हुनुभएको थियो भने यस वर्षका लागि कवि हरि कट्टेल र हाल यूके प्रवासमा रहनुभएका डा.मुलीवीर राईलाई विभूषित गरेको छ । दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा प्रदेश सांसद् बुद्धिकुमार राजभण्डारीले सम्मान पत्र, नगद र दोसल्लाले सम्मानित गर्नु भएको थियो । विशिष्ट अतिथि नेचा सल्यान गाउँपालिकाका अध्यक्ष धनञ्जन राई रहनु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बास्तोलाले गर्नु भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play