Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङमा अर्को फड्को: अब घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङमा अर्को फड्को: अब घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सकिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई कर्जा आवेदनको अवस्था र प्रगतिसम्बन्धी जानकारी घरमै बसेर प्राप्त गर्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो। यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले कर्जा आवेदन कुन चरणमा पुगेको छ, मूल्यांकन प्रक्रिया कहाँ पुगेको छ र स्वीकृतिको अवस्था के छ भन्ने जानकारी लिन बैंकको शाखा धाइरहनुपर्ने छैन। बैंकका अनुसार ग्राहकले आफूले पेस गरेको कर्जा आवेदनको पछिल्लो अवस्थादेखि स्वीकृति प्रक्रियासम्मका जानकारी जुनसुकै समय र स्थानबाट डिजिटल माध्यममार्फत प्राप्त गर्न सक्नेछन्। यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र ‘लोन एप्लिकेसन ट्र्याकिङ आइडी’ प्रयोग गर्नुपर्नेछ। त्यसपछि सम्बन्धित कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। यसअघि कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले बैंकको शाखा कार्यालयमै उपस्थित हुनुपर्ने वा टेलिफोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो। नयाँ सेवाले भने ग्राहकलाई आफैँ डिजिटल माध्यमबाट आवेदनको प्रगति अनुगमन गर्ने सुविधा दिएको छ। बैंकले यसबाट ग्राहकको समय बचत हुनुका साथै कर्जा प्रक्रियामा पारदर्शिता बढ्ने, सूचनामा सहज पहुँच पुग्ने र बैंकप्रतिको विश्वास थप सुदृढ हुने अपेक्षा गरेको छ। त्यसैगरी कर्जा आवेदन स्वीकृत भएपछि सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी गराउने व्यवस्था समेत गरिएको छ। पछिल्ला केही वर्षदेखि प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारलाई रणनीतिक प्राथमिकतामा राख्दै आएको मुक्तिनाथ विकास बैंकले नयाँ सेवालाई आफ्नो डिजिटल रूपान्तरण अभियानको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। बैंकले ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास र आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै आफ्ना सेवा तथा प्रक्रियालाई क्रमशः डिजिटल, तथ्यांकमा आधारित, छिटो र ग्राहकमैत्री बनाउँदै लगेको जनाएको छ। ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप डिजिटल माध्यमबाट अधिकतम बैंकिङ सुविधा उपलब्ध गराउन बैंकले जोड दिँदै आएको छ। नयाँ सेवाले ग्राहकलाई आवश्यक समयमा सही सूचना उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई थप बलियो बनाएको बैंकको भनाइ छ। बैंकले आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउँदै नयाँ डिजिटल बैंकिङ सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू
Latest NewsJust now

स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची। नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन। ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त ...

नेपालन्युज
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो केहीबेरमा पार्टी... ...

रातोपाटी
प्रधानसेनापतिविरुद्ध मुद्दा हाल्ने कार्की रथी हुँदै प्रधानसेनापतिको दाबेदारसम्म !
Latest NewsJust now

प्रधानसेनापतिविरुद्ध मुद्दा हाल्ने कार्की रथी हुँदै प्रधानसेनापतिको दाबेदारसम्म !

• उपरथी मधुकरसिंह कार्कीले आफ्नै प्रधानसेनापति र जंगी अड्डाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्, जसले नेपाली सेनाको बढुवा प्रणाली र नेतृत्व छनोटमा प्रश्न उठाएको छ। • कार्कीको नाम २३ लाख डलरको परामर्श खरिद विवादसँग पनि जोडिएको छ, जसको कारणले उनलाई रथी पदको बढुवामा चासोको विषय बनेको छ। • बढुवा प्रक्रियामा कार्कीको कानुनी स्थिति र संस्थागत विश्वासको मूल्यांकन आवश्यक रहेको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play