काठमाडौं । मिस युनिभर्स-२०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जित्नुभएको छ । सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उहाँलाई विजेता घोषणा गरिएको हो । जेनिफरलाई अघिल्लो संस्करणकी विजेता फातिमा बोसले १८ क्यारेट सेतो सुन र तीन हजार १५० वटा हिराजडित मुकुट पहिराइदिनुभयो । मिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो र भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनरअप बन्नुभयो । प्रतियोगितामा ११६ देशका सुन्दरी सहभागी थिए । उनीहरूको राष्ट्रिय पोसाक, स्टेज प्रस्तुति, आत्मविश्वास र समग्र प्रदर्शनका आधारमा मूल्यांकन गरिएको थियो । यसपटकको प्रतियोगिता विभिन्न विवादका कारण पनि चर्चामा रह्यो । फ्रेन्चाइज विवादका कारण दक्षिणपूर्वी एसियाका ६ देशका प्रतिस्पर्धी सहभागी हुन पाएनन् भने अमेरिकी प्रवेशाज्ञा नपाउँदा केही अफ्रिकी देशका प्रतिस्पर्धीले नाम फिर्ता लिए । नेपालबाट मिस युनिभर्स नेपाल २०२६ की विजेता प्रयाश्ना गुरुङले सहभागिता जनाउने तय भए पनि प्युर्टो रिको जान आवश्यक अमेरिकी भिसा समयमै स्वीकृत नभएपछि उहाँ प्रतियोगितामा सहभागी हुन पाउनुभएन ।
मिस युनिभर्स २०२६ को ताज जेनिफरलाई

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






