Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मिसबाह उल हक बने सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक

मिसबाह उल हक बने सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिसबाह उल हक बने सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मिसबाहले नेपालमा आउन पाउँदा उत्साहित रहेको बताउदै नेपालका फ्यानहरूको क्रिकेटप्रतिको प्यासनका बारेमा सुनेको र सुदूरपश्चिमको प्रशिक्षकका रूपमा नेपालमा आउन पाउँदा निकै उत्साहित रहेको बताएका छन् । एनपीएलको पहिलो र दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा गरेको थियो । तर, उपाधि भिडन्तमा टोली पराजित भएको थियो । सुदूरपश्चिमको यस अघि जगत टमाटा प्रशिक्षक रहेका थिए The post मिसबाह उल हक बने सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बाढीले सडक र पुल बगाएपछि  स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै
ताजा खबरJust now

बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज... ...

रातोपाटी
झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने
ताजा खबरJust now

झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव... ...

रातोपाटी
लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौँ । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा ...

नेपालन्युज
दसैंको मुखमा मुसहरलाई लालपुर्जाको खुसी
ताजा खबरJust now

दसैंको मुखमा मुसहरलाई लालपुर्जाको खुसी

२०५५ सालयता सरकारले विभिन्न चरणमा भूमिहीन र अव्यवस्थित बसोबासी १० हजार १ सय १७ जनालाई लालपुर्जा वितरण गरेको छ, तीमध्ये १ सय ८० जनालाई २०८३ मा लालपुर्जा दिइएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play