Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथि भएको धरपकड, विचौलिया इनम सापकोटासँग न्यायाधीशहरूको नाम जोडिएको प्रकरण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले पत्रकारमाथि समाचार कक्षमै पुगेर भएको धरपकडको निन्दा गर्दै घटनाबारे छानबिन गर्न माग गरेकी हुन्। प्रहरी सञ्चारगृहमा पुगेर पत्रकारलाई पक्राउ गर्ने तर गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिवालयले घटनाबारे अनभिज्ञता प्रकट गर्ने अवस्था देखिएको भन्दै उनले सरकारसँग जवाफ माग गरिन्। आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारलाई आतंकित पार्ने गतिविधि नगर्न पनि उनले चेतावनी दिइन्। “प्रहरी पत्रकारलाई समात्न मिडिया हाउसमा पुग्छ, मिडियाकर्मीलाई समातेर लैजान्छ र गृह मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयको सचिवालयले थाहा छैन भनेर सामाजिक सञ्जालबाटै बाहिर लेख्छ। यो के हो ?” उनले प्रश्न गरिन्। समाचारको सत्यतथ्य लेख्ने सञ्चारमाध्यमलाई आतंकित पार्ने गतिविधि किन भइरहेको छ भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो। त्यसैगरी, न्यायालयमाथि सामाजिक सञ्जालमार्फत नेतृत्व तहकै व्यक्तिहरूबाट आक्रमणको प्रयास भइरहेको भन्दै सांसद कर्णले आपत्ति जनाइन्। ३० वर्षीय इनम सापकोटासँग जोडिएका विषयले न्यायालयमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै उनले सापकोटा र उनीसँग सम्बन्धित भनिएका न्यायाधीशहरूको भूमिकाबारे छानबिन गर्न समिति गठन गर्न माग गरिन्। उनले न्यायालयसँग सम्बन्धित विषयमा सार्वजनिक भइरहेका प्रश्नहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउँदै समिति सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराइन्। बैठकमा सांसद कर्णले रास्वपाका सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणको अनुसन्धानबारे पनि प्रश्न उठाइन्। उक्त प्रकरणमा पूर्वराज्यमन्त्रीको नामसमेत जोडिएको र सार्वजनिक अडियोमा आपत्तिजनक शब्दहरू रहेको उल्लेख गर्दै उनले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न माग गरिन्। उच्च पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले सांसद सुनारमाथि समेत यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिन्। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
Latest NewsJust now

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरण सञ्चालक समितिको बैठकअघि आज कार्यकारी निर्देशक तथा कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका समयमा बढ्न सक्ने विद्युत् मागको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन तथा कुनै पनि ...

नेपालन्युज
ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै
Latest NewsJust now

ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै

काठमाडौँ। नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन... ...

रातोपाटी
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त
Latest NewsJust now

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

काठमाडाैँ। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ... ...

रातोपाटी
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता
Latest NewsJust now

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ–संस्था तथा व्यक्तिद्वारा ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौंदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको मन्त्री सस्मित पोखरेलल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play