गुलरिया।बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मिनिबस र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।ठक्करपछि मिनिबस सडकमा पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार उनका बुबा दलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा मिनिबस चालकसहित १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ।
मिनिबस र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज


.jpg)


