मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक, जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम । मिथिलाञ्चलमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएको छ। यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ भार पाहुर भित्र्याइएको छ। महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् राम र माता जानकीका लागि विशेष वस्त्र समावेश छन्। ती सामग्री समर्पण गरी जानकी मन्दिरमा शास्त्रीय विधिअनुसार सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो। रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले विगत १४२ वर्षदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ। पुस्तौँदेखि चलिआएको यस परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो। ठाकुर परिवारका सदस्य नवीन ठाकुरले पुर्खादेखि हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक परम्परालाई आगामी पुस्ताले पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार परिवारले यसलाई धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण जिम्मेवारीका रूपमा लिँदै आएको छ। जानकी मन्दिरमा भजनकीर्तन र हास्यपरिहास कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहासका कार्यक्रमसमेत आयोजना गरिएका छन्। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा उत्सवको रौनक बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको व्यवस्था गरिन्छ। यस्ता कार्यक्रमले धार्मिक उत्सवलाई थप उल्लासमय बनाउनुका साथै मिथिलाको मौलिक संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएका छन्। कोजाग्रत पूर्णिमाले जानकी मन्दिर परिसरमा मात्रै नभई समग्र मिथिलाञ्चलमा छुट्टै उत्साह र उमङ्ग ल्याउने गरेको उहाँको भनाइ छ। नवविवाहित दम्पतीका लागि पनि विशेष पर्व धार्मिक अनुष्ठानसँगै कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीका लागि विशेष सामाजिक तथा पारिवारिक उत्सवका रूपमा समेत मनाइन्छ। यस अवसरमा बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने परम्परा छ। ससुरालीबाट प्राप्त सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले विशेष मन्त्रोच्चारणसहित बेहुलाको चुमाओन गर्ने र दूबो तथा अक्षतासहितको ‘दुरवाक्षत’ दिएर आशीर्वाद दिने चलन छ। अनुष्ठान सम्पन्न भएपछि परिवार तथा आफन्तजनलाई भोज खुवाउने र गाउँभरि पान तथा मखान वितरण गरी खुसी साटासाट गर्ने परम्परासमेत मिथिलाञ्चलमा प्रचलित छ। धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने कोजाग्रत पूर्णिमाले मिथिलाको मौलिक परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतलाई जीवन्त राख्दै आएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
काठमाडौं । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् । राजधानी नैरोबीलाई तटीय... ...

असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता
बाँके । जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा... ...

क्यानले भन्यो– एनपीएल खेल्ने पाकिस्तानी खेलाडीले एनओसी लिएका छन्
नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका पाकिस्तानी खेलाडीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएको स्पष्ट पारेको छ। एनपीएलको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले उक्त जानकारी दिएका हुन्। त्यसैगरी अध्यक्ष चन्दले एसिया कप च्याम्पियन हुने टोलीलाई ३० लाख दिने घोषणा सम... ...

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
भक्तपुर । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ। प्रथम महिला सविता पौडेलसहित मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गर्नुभएको हो। बडादशैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्ने ऐतिहासिक ...


