Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु, पूर्णिमासम्म दिदीबहिनीले यसरी मनाउँछन् पर्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु, पूर्णिमासम्म दिदीबहिनीले यसरी मनाउँछन् पर्व
Photo / Coverage: पर्दाफास

मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवा आज रातिदेखि उत्साहपूर्वक सुरु भएको छ । यो पर्व भाई–बहिनीबीचको अमर प्रेम र आत्मीय सम्बन्धको प्रतीकका रूपमा मनाइँदै आएको छ । यो पर्व मिथिला क्षेत्रमा परापूर्व कालदेखि निरन्तर चल्दै आएको सांस्कृतिक परम्परा हो । यसमा विशेषगरी सतभैया, समा, चकेवा, माली, चुगला लगायतका रंगीचंगी माटोका मूर्तिहरू, बाँसका डालामा रंगीन सजावटका साथ परम्परागर्त सामाचकेवा’ गीत गॉई मनाउने चलन रहेको छ । दिदीबहिनीहरूले सामाचकेवा पर्वको अवसरमा घर आँगनमा माटोको चौक बनाई मूर्तिहरू सजाउँछन्, गीत गाइन्छ, नाचगान गरिन्छ र भाईहरूको दीर्घायु तथा सुख–समृद्धिको कामना गरिन्छ । पर्वको धार्मिक कथा अनुसार, भगवान श्रीकृष्णकी छोरी सामा माथि अन्याय भएपछि उनका दाजु श्रीकृष्णले न्याय दिलाएको स्मरणमा यो पर्व मनाइने गरिन्छ । त्यसैदेखि सामा–चकेवा पर्व भाई–बहिनीको माया, विश्वास र एकताको प्रतीकका रूपमा स्थापित भएको मानिन्छ । आजदेखि शुरु भएको सामाचकेवा पर्व आउँदो पूर्णिमासम्म निरन्तर मनाइने परम्परा छ । पूर्णिमाको रातमा बहिनीहरूले सामाचकेवाका मूर्तिहरू र अन्य सामग्रीहरु विसर्जन गरी पर्व समापन गर्ने चलन रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु
OthersJust now

अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

ऐन लागु भएसँगै अब पशु वधशाला स्थापना गर्न र मासु पसल सञ्चालन गर्न सरकारी निकायबाट अनिवार्य इजाजतपत्र लिनुपर्ने छ । अनुगमन क्रममा अस्वस्थकर वा गुणस्तरहीन मासु फेला परे मासु निरीक्षकले त्यस्तो मासु तत्काल जफत गरी बिक्रीमा रोक लगाउनेछन् । ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६३२ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६३२ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा ६, अवस्था ठिक नभएको २१ जना र अन्यमा ३४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक ...

पर्दाफास
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
OthersJust now

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् । सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई ...

पर्दाफास
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
OthersJust now

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play