Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मिथिलाका शक्तिपीठमा दुर्गाको ‘खोइछ’ भर्न महिलाको घुइँचो

मिथिलाका शक्तिपीठमा दुर्गाको ‘खोइछ’ भर्न महिलाको घुइँचो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिथिलाका शक्तिपीठमा दुर्गाको ‘खोइछ’ भर्न महिलाको घुइँचो

जनकपुरधाम । जनकपुरधामसहित मिथिला क्षेत्रका प्रमुख शक्तिपीठहरूमा यतिबेला विवाहित महिलाहरूले पारिवारिक सुख, सन्तानको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने धार्मिक अनुष्ठान शुरु गरेका छन् । दशैँको नवरात्र शुरु भएसँगै प्रसिद्ध राजदेवी मन्दिर लगायतका शक्तिपीठहरूमा परम्परागत विधिअनुसार खोइछ चढाउने श्रद्धालु महिलाहरूको उल्लेख्य भीड लागेको हो । मिथिला संस्कृतिमा विशेष महत्व राख्ने यो परम्पराअनुसार विवाहित महिलाहरूले धान, दुबो, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र दक्षिणासहितको पोको तयार पारेर भगवती दुर्गाको पोल्टामा अर्पण गर्छन् । असोज शुक्ल प्रतिपदाका दिन माइत आएकी देवी भगवती नवरात्रभर बस्ने र विजयादशमीका दिन ससुराली प्रस्थान गर्ने जनविश्वासका आधारमा खोइछ भर्ने चलन रहिआएको छ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राजदेवी मन्दिरमा बिहानैदेखि खोइछ भर्ने महिलाहरूको लामो लाम लागेको छ । नवदुर्गाको विशेष आराधना गर्ने मैथिल नारीहरूले यस अनुष्ठानलाई नारी शक्तिको सम्मान र सन्तानको रक्षासँग जोडेर हेर्ने गर्दछन् । सांस्कृतिक अध्येताहरूकाअनुसार खोइछ भर्ने परम्परा प्रत्यक्ष रूपमा कोख र मातृवात्सल्यासँग जोडिएको छ । भगवती दुर्गाको सामीप्यले जीवनमा आनन्द, सुख, आरोग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ । छोरीलाई माइतबाट बिदाइ गर्दा घरमा अन्नपूर्णाको बास होस् र भोकमरी नहोस् भनी आँचलभर खोइछ दिएर पठाउने प्राचीन मौलिक चलनलाई शक्तिपीठमा देवी दुर्गाको विग्रहसँग जोडेर निरन्तरता दिइएको हो । नवरात्रको अन्तिम चरण नजिकिँदै गर्दा मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका शक्तिपीठ तथा दुर्गा पूजा पण्डालहरूमा यो परम्परा भव्य रूपमा सञ्चालन भइरहेको छ, जसले मिथिलाको सांस्कृतिक तथा पारिवारिक सम्बन्धको गहिराइलाई उजागर गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना
ताजा खबरJust now

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर... ...

रातोपाटी
राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास
ताजा खबरJust now

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

राष्ट्रिय टोलीबाट ४४ क्याप जित्दै ९ गोल गरेका विमलले चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षकै उमेरमा बुट थन्क्याउने निर्णय लिएका हुन् । ...

कान्तिपुर
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
ताजा खबरJust now

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई... ...

रातोपाटी
कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ
ताजा खबरJust now

कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। असोज ३१ गते सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै थापाले आजै पदबहाली पनि गरेका छन्। बडादसैँको फूलपातीको अवसर पारेर उनले आफ्नो कार्यभार सम्हालेका हुन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मत गणना भई अन्तिम परिणाम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play