Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ

मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ

10/30/2026, 7:14:25 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ

काठमाडौँ । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूमाथि धरपकड गरेको छ भनजे अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ । अहिलेसम्म नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ । तीनैजनालाई पक्राउ गर्न सम्बन्धित मिडियाका कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरिएको हो भने पत्रकार बराललाई पनि बिजुलीबजार कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । डिएनए खबरका पत्रकार बस्नेतलाई प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा राखिएको छ । यो पनि पढ्नुहोस प्रहरीद्वारा नेपाल प्रेसका पत्रकार सुवेदी र माेटिभेट न्युजका बराल पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...
ताजा खबरJust now

[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...

बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए । ...

कान्तिपुर
तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन
ताजा खबरJust now

तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रु सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले असोज मसान्तसम्म... ...

रातोपाटी
सुनकोसी मरिणका दुई इन्जिनियर रिहा
ताजा खबरJust now

सुनकोसी मरिणका दुई इन्जिनियर रिहा

काठमाण्डु– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्। आवश्यक सोधपुछ तथा अनुसन्धानपछि शुक्रबार दुवै जनालाई रिहा गरिएको हो । रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखका रूपमा कार्यरत छन्। बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाण्डु पठाएको थियो। उनीहरूलाई सुनकोसी […] ...

काठमाण्डुपाटी
अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?
ताजा खबरJust now

अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?

काठमाडौँ । समाचार लेखेकै आधारमा नेपाल प्रहरीले शुक्रबार केही सञ्चारमाध्यमका सञ्चारकर्मीमाथि एकाएक धरपकड गरेपछि उक्त कार्यको चर्को आलोचना भएको छ । यो धरपकड यस्तो बेला भयो, बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play