Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मानव बेचबिखन विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउने तयारी, सजाय झन्डै दोब्बर बनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानव बेचबिखन विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउने तयारी, सजाय झन्डै दोब्बर बनाइँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाएर सम्मानजनक र लैंगिक रूपमा तटस्थ शब्दावली राख्ने तयारी भएको छ । शब्दले महिलालाई मात्र लक्षित गरेको र उनीहरूको गरिमामा आँच पुर्‍याउने भएकाले विकल्प खोजिन थालिएको हो । तर, शब्द परिवर्तनका नाममा अपराधको परिभाषा र कानुनी सजाय कमजोर नबनाउने विषयमा भने जोड दिइएको छ । महिला तथा सामाजिक मामिला समिति सभापति आकृति अवस्थीका अनुसार ‘देहव्यापार’ र ‘यौन व्यापार’ जस्ता विकल्पमाथि छलफल भए पनि ‘व्यापार’ शब्दले कानुनी रूपमा गलत अर्थ दिन सक्ने चुनौती छ । त्यसैले जबरजस्ती यौन कार्यमा लगाउने तथा त्यसमा संलग्न हुने व्यक्तिलाई समेट्ने गरी स्पष्ट कानुनी शब्दावली खोज्ने तयारी रहेको उनको भनाई छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि एक हप्ता छलफल भइसकेको छ । थप केही दिन बृहत् छलफल गरी करिब एक साताभित्र प्रक्रिया टुंग्याउने तयारी छ । नेपालमा स्वेच्छाले यौन पेसामा संलग्न हुन पाउने कानुनी व्यवस्थामा छैन । तर, गरिबी र आर्थिक अभावका कारण अवैध रुपमा महिलाहरु यस क्षेत्रमा संलग्न हुन बाध्य छन् । यसरी गैरकानुनी रुपमा भइरहेका यौन कृयाकलाप रोक्नका लागि महिलालाई सशक्तीकरणमा जोड्ने नीति ल्याउने उनले बताइन् ‘जबर्जस्ती वा बाध्यतामा यस्ता कार्यमा संलग्न हुनुपर्ने अवस्था अन्त्य गर्न आर्थिक सशक्तीकरणका कार्यक्रम आवश्यक छन्,’ उनले भनिन् । उनका अनुसार यस्ता गतिविधिमा संलग्न हुन बाध्य भएका महिला तथा अन्य व्यक्तिलाई वैकल्पिक आर्थिक अवसर र सशक्तीकरणका कार्यक्रमसँग जोड्नुपर्ने आवश्यकता छ । पीडितलाई सरकारी कोषबाट क्षतिपूर्तिविधेयकमा पीडितको न्याय, पुनःस्थापना र क्षतिपूर्तिलाई प्राथमिकता दिइएको छ । पीडकले क्षतिपूर्ति दिन नसके वा ढिलाइ गरे सरकारले पुनःस्थापना कोषबाट रकम उपलब्ध गराउने र पछि पीडकबाट असुल गर्ने प्रस्ताव छ । मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा, आर्थिक सशक्तीकरण, गोपनीयता तथा निःशुल्क दोभाषे र सांकेतिक भाषा सेवासमेत पुनःस्थापनाको व्यवस्थामा समेटिएका छन् । सजाय झन्डै दोब्बर बनाउने प्रस्तावमानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई हुने सजाय पहिलेको व्यवस्थाभन्दा झन्डै दोब्बर बनाउने तयारी भएको अवस्थीले बताइन् ।कानुनअनुसार वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा हेरी १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना रहेको छ भने वेश्यागमन गर्ने व्यक्तिलाई १ महिनादेखि ३ महिनासम्म कैद र २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिबाना उल्लेख छ । सभापति अवस्थीका अनुसार गैरकानुनी रुपमा अपराधमा संलग्न गराउने, षड्यन्त्र गर्ने तथा ओसारपसारमा सहभागी हुने सबैलाई कानुनअनुसार सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ । क्षतिपूर्ति, जरिवाना र कैद सजायसमेत बढाइएको उनको भनाइ छ । पीडकले क्षतिपूर्ति तिर्न नसकेको अवस्थामा क्षतिपूर्तिबापतको रकम बराबर कैद सजाय भोग्नुपर्ने व्यवस्था पनि विधेयकमा समेटिएको उनले बताइन् । साइबर अपराधमा पनि कडाईविद्युतीय माध्यम प्रयोग गरी हुने मानव बेचबिखन, यौन शोषण तथा श्रम शोषणलाई पनि विधेयकले अपराधको दायरामा ल्याउन खोजेको छ । विदेशमा रहेका नेपालीमाथि विदेशमै अपराध भएमा वा विदेशी नागरिकले नेपालीमाथि त्यस्तो अपराध गरेमा समेत नेपाली कानुनअनुसार कारबाही गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको सभापति अवस्थीको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता
Latest NewsJust now

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना... ...

रातोपाटी
१२.२६ प्रतिशतबाट १२.१६ मा झर्‍यो विद्युत् चुहावट, ऊर्जा मन्त्रालयको लक्ष्य पूरा
Latest NewsJust now

१२.२६ प्रतिशतबाट १२.१६ मा झर्‍यो विद्युत् चुहावट, ऊर्जा मन्त्रालयको लक्ष्य पूरा

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेट्टाएको हो।  सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए।  उनले चुहावट न... ...

नेपालखबर
८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार
Latest NewsJust now

८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ...

टक्सार
नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो
Latest NewsJust now

नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो

काठमाडौं । जुस, दूध तथा खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस बनाएर गरगहना तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भएका चार घटनाको अनुसन्धानका क्रममा लुटपाटमा संलग्न दुई जना र चोरीका गरगहना खरिद गर्ने दुई जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement