दाङ।नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ । परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी ६ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना खुवाउने क्रममा चिप्लिएर तालमा खसेकी थिइन्। बालिका तालमा खसे लगत्तै उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि लमही अस्पतालमै राखिएको छ।
माछालाई दाना खुवाउँदा तालमा डुबेर बालिकाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






