माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले सीजी. ग्रुपद्वारा प्रवर्धित, युनाईटेड रेमिटसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक लि.ले यूके, जापान, दक्षिण कोरियालगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिटसँग सहकार्य गरी विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो । उक्त सम्झौतापछि विभिन्न देशमा रहेका युनाइटेड रेमिटको प्रतिनिधि कार्यालयहरूबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १५६ वटा शाखाहरू, शाखारहित बैकिङ सेवा र तथा एक्सटेन्सन काउण्टर मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ । उक्त सम्झौतापत्रमा युनाइटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदन सिं सिलवाल र माछापुच्छ्रे बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरे । The post माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने
काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका ...

दशैं मनाएर कर्मथलो फर्कनेको जडिबुटीमा भीड
• दशैंको टीका र पारिवारिक जमघटपछि यात्रुको चहलपहल बढेको छ। • काठमाडौंको जडिबुटी क्षेत्रमा यात्रुको भीड देखिएको छ। • राजधानी फर्कने र गन्तव्यतर्फ जाने यात्रुहरूको संख्या वृद्धि भएको छ। ...

कर्णाली याक्सबाट खेल्न पाकिस्तानका हुसैन तलात नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलात नेपाल आइपुगेका छन्। शुक्रबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए। क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई अनुबन्ध गरेको थियो । लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि प... ...

रास्वपाको कोर टिम प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन्। सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको... ...


