माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने प्रोभिजनिङ घटेको छ । जसले बैंकको नाफा बढाउन सहयोग गरेको छ । असोज मसान्तसम्म बैंकले २१ करोड १२ लाख ७९ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ । गत आवको सोहो अवधिमा ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानीमा १ अर्ब ४५ करोड ८९ लाख ४८ हजारबाट बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ रहेको छ । सन्चालन नाफा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँबाट बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ । असोजसम्म बैंकको वितरणयोग्य ११ करोड २१ लाख १४ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ रहेको छ । २ खर्ब २८ अर्ब ३७ करोड २० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले बैंकले १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.४ रुपैयाँ रहेको छ । The post माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल मैदानको अवस्थालाई लिएर उत्पन्न विवाद, लामो अन्योल र पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धापछि टुङ्गिएको छ । वर्षाका... ...

युवाहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन एआई तालिम सञ्चालन हुँदै
काठमाडौँ। युवाहरूलाई ‘एआई’ सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सरकारले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत ‘एआईको प्रभावकारी प्रयोग... ...

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित
काठमाडौँ, कात्तिक १४ गते । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले... ...

करमा छुट र इन–एप पर्चेजको सुविधाका लागि गुगलसँग समन्वय गरिदिन सरकारसँग गेमिङ उद्योगको माग
नेपालबाटै गेमिङ तथा आईटीबाट ‘ग्लोबल युनिकर्न’ कम्पनी जन्माउन वातावरण बनाउने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । ...


