Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलबाट लिए शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलबाट लिए शपथ
Photo / Coverage: पर्दाफास

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारण सभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक संचालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक संचालक समितिको ५६७ औँ बैंठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स टाइगरका विजेताले पाए पुरस्कार
OthersJust now

म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर १ सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर ...

पर्दाफास
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म
OthersJust now

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय गरेको हो। निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको जानकारी दिए। बैठकले दुईवटा कार्यविधि, एउटा संशोधन नियमावली तथा भौतिक ...

पर्दाफास
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने
OthersJust now

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ। शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा केन्द्रले सेवा प्रारम्भ गरेको हो। नेपाल सरकारको २०८३ असोज २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थापना भएको यस केन्द्रले साइबर ठगी नियन्त्रण तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै स्थानबाट एकीकृत रूपमा ...

पर्दाफास
एनपीएल : पोखराको लगातार चौथो हार, प्लेअफको सम्भावना न्यून
OthersJust now

एनपीएल : पोखराको लगातार चौथो हार, प्लेअफको सम्भावना न्यून

राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। जितका लागि पाएको१५२ रनको लक्ष्य पछ्याएको पोखरा१९ ओभरमा १२१ रनमा समेटियो । उसका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। चितवनका रिजन ढकालले ४,कमलसिंह ऐरीले ३ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play