Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पोखराको लगातार चौथो हार, प्लेअफको सम्भावना न्यून

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पोखराको लगातार चौथो हार, प्लेअफको सम्भावना न्यून
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। जितका लागि पाएको१५२ रनको लक्ष्य पछ्याएको पोखरा१९ ओभरमा १२१ रनमा समेटियो । उसका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। चितवनका रिजन ढकालले ४,कमलसिंह ऐरीले ३ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ बनायो । पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले ३७,रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे। पोखराका कप्तान चमिका करूणत्ने,कुशल भुर्तेल र विपीन खत्रीले २र२ विकेट लिए। लगातार चौथो हार व्यहोरेको पोखराको प्लेअफ सम्भावना न्यून छ। पोखराले बाँकी रहेका ३ खेल जितेपनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। चार खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा पुगेको छ। आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त
OthersJust now

पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त

२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ३० असारमा वितरण गरिएको पदक विवादित भएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका… ...

अनलाइन खबर
कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन
OthersJust now

कप्तान फेरिए, टिम कम्बिनेसन बदलिए, पोखराको नतिजा फेरिएन

श्रीलंकन प्रशिक्षक अजन्था मेन्डिसको प्रशिक्षणमा रहेको पोखराले श्रीलंकाकै चमिकालाई कप्तान बनायो । श्रीलंकन कम्बिनेसनमा केही फरक नतिजाको आश राखेका पोखराका समर्थक निराश बने । ...

अनलाइन खबर
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलबाट लिए शपथ
OthersJust now

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलबाट लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारण सभा मार्फत संस्थापक ...

पर्दाफास
म्याक्स टाइगरका विजेताले पाए पुरस्कार
OthersJust now

म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर १ सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play