Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

माघ १ देखि प्रदर्शनमा आउने भयो अर्पण थापाको ‘फ्रेन्च किस’

Share:WhatsAppFacebookX (Twitter)Telegram
माघ १ देखि प्रदर्शनमा आउने भयो अर्पण थापाको ‘फ्रेन्च किस’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो । ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर यो सिनेमा प्रदर्शनमा आउन लागेको हो । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आआफ्ना धारणा राख्छ । प्रेम आधुनिक समयमा मिथमा परिणत भइसकेको बताउँछ । केटा र केटी नै एकअर्काप्रति आकर्षित छन् । एकान्तमा बसेर किस गर्छन् । र, होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि केही ठूलठूलो स्वरमा बोेलेको सुनिन्छ, यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन सकिन्छ । यसले आधुनिक प्रेममा देखिने गरेको क्षणिकता र आकर्षणलाई संकेत गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै छन् । उनीहरुको रोमान्सको वरिपरि टिजर घुमेको छ । अर्पण थापाले निर्देशन गरेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ । ‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले यसअघि नै बताइसकेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंको छ । निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसारको चलचित्र भनेको छ । दर्शकले आधुनिक प्रेमकथाको अनुभूत यो चलचित्रमार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन् । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई सिनेमेटोग्राफर सुदीप बरालले खिचेका छन् । चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ
Latest NewsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

वीरगन्जका घडिअर्वा, मुर्ली, नगवा, रानीघाटसहितका घाटमा निर्जल व्रत बसेका भक्तजनले पूजासामग्रीसहित अस्ताउँदो सूर्यको आराधना गरे। ...

कान्तिपुर
वैभवीलाई थाइल्यान्डमा दुई पदक
Latest NewsJust now

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौँ, कात्तिक २९ गते । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् ।नेपालबाट एकमा... ...

गोरखापत्र
वैभवीले थाइल्यान्डमा जितिन् दुई पदक
Latest NewsJust now

वैभवीले थाइल्यान्डमा जितिन् दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन्। नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन्। बैंककस्थित फेसन आइल्यान्डको स्पोट्र्स हलमा भएको प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा परा... ...

नेपालखबर
अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक
Latest NewsJust now

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक

कास्की । गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play