सङ्गीतकर्मी चेस गालिया आफ्नो रिसलाई दबाउने गर्थिन् किनकि मानिसहरूले आफूलाई कतै "उन्मादी" वा "काम गर्न गाह्रो व्यक्ति" को रूपमा लिन्छन् कि भन्ने डर लाग्थ्यो।"मानसिक बोझदेखि कार्यस्थलमा हुने लैङ्गिक विभेद वा अझ नराम्रो - महिला हिंसासम्म," गालिया भन्छिन्, "हामीले कति धेरै कुराहरू स्वीकार गरेका छौँ र कति धेरै कुरा मुख थुनेर सहन्छौँ भन्ने कुरा हामीलाई हेक्कासमेत हुँदैन।"तर अहिले त्यसलाई सहज रूपमा प्रकट हुन दिने गरेको उनी सुनाउँछिन्। "यदि कसैले बाटोमा जिस्कायो भने मलाई रिस उठ्छ। मैले कसैलाई रत्तीभर वास्ता गर्दिनँ।"विज्ञहरूका अनुसार कार्यस्थलदेखि लिएर लोकप्रिय संस्कृतिसम्म ३४ वर्षीय गालियाजस्ता महिलाहरूले अहिले आफ्नो आक्रोश पहिलेको तुलनामा निकै खुलेर व्यक्त गरिरहेका छन्।मनोविद् डा. टारा ब्राच भन्छिन्, "मुख्य कुरा के हो भने, आक्रोशको पछाडि हामीलाई प्रिय लाग्ने वा हामीले महत्त्व दिने कुनै कुरा लुकेको हुन्छ। आक्रोशले एउटा सन्देशवाहकको रूपमा काम गर्छ, ती कुरा जोगाउन, अन्यायको सामना गर्न, सीमाहरू निर्धारण गर्न र परिवर्तन ल्याउन आवश्यक ऊर्जा प्रदान गर्छ। विश्वभरि प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको 'जीवनसाथी वा परिवारका सदस्यबाटै हत्या हुन्छ'महिलाहरूले उच्च शैक्षिक प्रगति गरेपछि अब 'डेटिङ डाउन' सामान्य बन्दै गएको हो? यसले उनीहरूको व्यावसायिक र व्यक्तिगत जीवनमा कस्तो प्रभाव पारिरहेको छ र उनीहरू यस सम्बन्धमा के गर्न सक्छन्?'असल केटी' बन्नुपर्ने दबावमनोचिकित्सक जेनिफर कक्स-- एक लेखिका र 'विमिन आर म्याड' पोडकास्टकी सह-प्रस्तोता पनि हुन्। उनले रिसको विषयमा अनुसन्धान गर्न थालिन्। आफ्ना महिला सेवाग्राहीहरूले रिसलाई दबाएर राख्नु नै उनीहरूका कतिपय शारीरिक स्वास्थ्य समस्याहरूको मूल कारण हो भन्ने उनलाई शङ्का थियो।"माइग्रेन, पाचन प्रणालीसम्बन्धी समस्या, हाडजोर्नी तथा मांसपेशीका समस्या र रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू लिएर आउने महिलाहरूमा एउटा यस्तो प्रवृत्ति देखियो, अन्ततः त्यसलाई बेवास्ता गर्न असम्भव थियो," उनी भन्छिन्।"उनीहरू आफ्ना छोराछोरीलाई सही बाटोमा हिँडाउन, उनीहरूको मानसिक स्वास्थ्यको ख्याल राख्न र त्यसका साथै आफ्नो जागिर पनि सम्हाल्न सङ्घर्ष गरिरहेका थिए," पछि, कक्सले सामूहिक सत्रहरूको आयोजना गरिन्, जसमा धेरै महिलाहरूले आफूभित्र गुम्स्याएर राखेको रिस बाहिर निकाल्ने मौका पाए। अन्तर्राष्ट्रिय नारी दिवस : किन मनाइन्छ र यसको महत्त्व के हो, पुरुष दिवस कहिले होअफगानिस्तानः तालिबानको नयाँ कानुनअन्तर्गत सार्वजनिक स्थलमा महिला आवाज र अनुहारमा प्रतिबन्ध उनी भन्छिन्, "हामीलाई 'असल केटी' बन्नुपर्छ भन्ने एउटा वाहियात धारणाका साथ हुर्काइएको छ... हामी असल, विनम्र, दयालु, अरूको ख्याल राख्ने र हेरविचार गर्ने स्वभावको हुनुपर्छ भन्ने हाम्रो मनमस्तिष्कमा गहिरोसँग बसाइएको छ।""अघिल्ला पुस्ताहरूको तुलनामा सबैभन्दा ठूलो परिवर्तन के हो भने, अहिले हामीबाट यी सबै कुराको अपेक्षा गरिन्छ।"डा. टारा ब्राच रिसको पनि आफ्नो ठाउँ हुन्छ भन्नेमा सहमत छिन्।"यो त्यस बेला हानिकारक हुन्छ जब यसले हामीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन्छ वा जब हामी अरूलाई हानी पुर्याउने व्यवहार गर्छौँ।"ब्राचले त्यसलाई प्रभावकारी रूपमा सम्हाल्न 'सचेतता' विशेष गरी 'आरएआईएन' रणनीति अपनाउन सुझाव दिन्छिन्। अर्थात् भावनाको पहिचान गर्न, आफूलाई त्यो महसुस गर्न अनुमति दिन, कारणको खोजी गर्न र बुझाइको भावना विकास गर्न। कार्यस्थलमा महिला आक्रोशपुरुष-प्रधान क्षेत्रहरूमा कार्यरत वरिष्ठ महिलाहरूलाई परामर्श दिने प्रशिक्षक (लाइफ कोच) यान डाङका अनुभवमा "रचनात्मक आक्रोश" ले कार्यस्थलमा महिलाहरूको स्थिति सुधार्न सक्छ।सधैँ अरूलाई खुसी पार्न खोज्ने र कहिल्यै पनि कुनै नकारात्मक भावना व्यक्त गर्न नचाहने महिलाहरू आफ्नो करिअरमा एउटा निश्चित तहसम्म त पुग्न सक्छन्, तर शीर्ष स्थानमा पुग्न यथास्थितिलाई चुनौती दिनु पर्ने उनको तर्क छ। मोटाहरूप्रति गरिने विभेद अर्थात् ‘फ्याटफोबिया’सँग जुझिरहेका महिलाहरूकसरी भारतका यी गभर्नर जनरलले सती प्रथा रोक्ने लडाइँ जिते "जब महिलाहरूलाई नियमबारे जानकारी हुन्छ तब उनीहरू ती नियम सिक्न निकै सिपालु हुन्छन्। तर कर्पोरेट क्षेत्रका नियमहरू नितान्त फरक हुन्छन्।"उनको बुझाइमा धेरै महिलाहरूलाई थाहा हुन्छ-- यदि उनीहरूले कडा परिश्रम र तयारी गरेमा आफ्नो पढाइमा राम्रो नतिजा ल्याउन सक्छन्। तर जब उनीहरू कार्यस्थलमा प्रवेश गर्छन्, उनीहरूले विभिन्न खालका सङ्घर्ष गर्नुपर्ने हुन सक्छ किनकि सफलता प्राप्ति त्यति सहज हुँदैन।कार्यस्थलमा महिलाहरूको आक्रोशसँग सम्बन्धित निकै कम तथ्याङ्क मात्र उपलब्ध छ। यद्यपि, पछिल्लो अध्ययन सन् २०२० को छ। जसले औँल्याएको छ - आक्रोश प्रकट गर्ने महिलाहरूलाई कमजोर हैसियत वा दर्जाको निम्ति हकदार मानिन्छ, तर त्यो धारणा पुरुषहरूको हकमा लागू हुँदैन।आफ्नो आक्रोशलाई स्वाभाविक लाग्ने गरी उपयोग गर्न जान्नु मुख्य कुरा भएको लाइफ कोच यान डाङको धारणा छ। 'ब्यूटीपार्लरले हाम्रा दु:ख लुकाउन सघाए'लिपस्टिक लगाउने विषयबारे भारतको चेन्नईमा तातो बहस किन उनी "मेरोतर्फबाट स्पष्ट रूपमा अस्वीकार छ", "मलाई यो मन पर्दैन," वा "म हैरान पनि भएकी छु" जस्ता प्रत्यक्ष र स्पष्ट भाषा प्रयोग गर्न महिलाहरूलाई सुझाव दिन्छिन्।उनी महिलाहरूलाई "पूर्ण रूपमा परिष्कृत प्रतिक्रिया तयार नभए पनि आफ्नो पक्षमा दह्रोसँग उभिने क्षमता विकास गर्न" सुझाव दिन्छिन्।सांस्कृतिक परिवर्तनविगतमा फेटल अट्र्याक्सन चलचित्रकी एलेक्स फरेस्ट (जसको भूमिका ग्लेन क्लोसले निर्वाह गरेकी थिइन्) वा स्टेफन किङको हरर क्लासिक कथाकी केरी जस्ता रिसाहा महिला पात्रहरूलाई पूर्णतया अस्थिर र खतरनाक व्यक्तिका रूपमा चित्रण गरिन्थ्यो।तर, मनोचिकित्सक जेनिफर कक्सका भनाइमा अहिले सञ्चारमाध्यममा रिसाहा महिलाहरूलाई अझ सकारात्मक रूपमा प्रस्तुत गर्न थालिएको छ र यस्तो वर्णन धेरै सहयोगी तथा सबल छ।उदाहरणका लागि लिली एलेनको सन् २०२५ को एल्बम "वेस्ट एन्ड गर्ल" लाई लिन सकिन्छ। बिहार: 'बोक्सी'को आरोपमा जिउँदै जलाइएकाहरूका आफन्तले सुनाए दर्दनाक घटना विवरणबढ्दो डिजिटल हिंसाबाट महिलाहरू सुरक्षित रहने केही उपाय जसले अभिनेता डेभिड हार्बरसँगको उनको वैवाहिक सम्बन्ध विच्छेदलाई एकदमै स्पष्ट निर्धक्क ढङ्गले प्रस्तुत गरेको छ।त्यस्तै चार्ली एक्ससीएक्स, ओलिभिया रोड्रिगो र च्यापेल रोनजस्ता कलाकारहरूले आक्रोशले भरिएको चिच्याहट र सशक्त दृश्यहरू चित्रण गरिएका गीतहरू ल्याइरहेका छन्।सन् २०२३ को सुपर हिट चलचित्र 'बार्बी' ले पर्दामा त्यस्तो प्रसिद्ध गुडियालाई देखाएको छ, जो कुनै बेला आफूले एकदमै पूर्ण ठानेको संसारप्रति नै हताश बन्न पुग्छे।दैनिक रूपमा हुने लैङ्गिक विभेदका साथै पिछा गर्ने, दुर्व्यवहार र घरेलु हिंसाजस्ता निरन्तरका खतराले महिलाहरूलाई आक्रोश र प्रतिरोधका लागि एकजुट बनाउन एक सशक्त उत्प्रेरकको काम गर्छन्।इङ्ल्यान्ड र वेल्समा दर्ता भएका कुल अपराधमध्ये करिब २० प्रतिशत महिला तथा बालिकाविरुद्धका हिंसासँग सम्बन्धित छन्। यद्यपि, यस्ता घटनाहरूको प्रायः उजुरी पर्दैन।सङ्गीतकार चेस गालियाका लागि, सङ्गीत उद्योगमा भोगेका महिला-द्वेषी व्यवहारका साथै यौन उत्पीडनका अनुभवहरूबारे अन्य महिलाहरूसँग खुलेर कुरा गर्न पाउनुले उनलाई आफूभित्रको निराश भावनालाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत पुर्याएको छ। तालिबानद्वारा अफगान विश्वविद्यालयमा महिलाहरूले लेखेका पुस्तक प्रतिबन्धमहिनावारी रोकिने अवधिबारे नयाँ अनुसन्धान "मलाई लाग्छ, हामी लामो समयदेखि आक्रोशित थियौँ, तर अहिले सामाजिक सञ्जालका कारण एक-अर्कासम्म पहुँच बनेको छ," उनको अनुभव छ-- महिलाहरू अहिले आफ्ना छोपिएका नकारात्मक भाव पहिलेभन्दा बढी खुला रूपमा प्रकट गरिरहेका छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
महिला आक्रोशबारेको हाम्रो दृष्टिकोण किन र कसरी परिवर्तन हुँदै छ?

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






