Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८औं जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदै छ । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतका विभिन्न भुभाग र नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् । देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ । विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गरायो । नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि बनाएका हुन् । काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उनलाई लक्ष्मीको प्रसादको रुपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए । अहिले उनी जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गरेको छ । The post महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मादलको व्यापार सङ्कटमा
Latest NewsJust now

मादलको व्यापार सङ्कटमा

नवीन गुरुङ सङ्खुवासभा, कात्तिक २२ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा लाग्ने बुधबारे र शनिबारे साप्ताहिक हाटबजारमा मादलको आवाज निकै बाक्लो सुनिन थालेको छ । त... ...

गोरखापत्र
सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो
Latest NewsJust now

सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो

पृथ्वीमा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना मंगलग्रहका चट्टानमध्ये एकको पहिचान गरिएको छ । अफ्रिकाको सहारा मरुभूमिमा भेटिएको उक्त उल्कापिण्डले रातो ग्रह मंगलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको वैज्ञानिक निष्कर्ष... ...

रातोपाटी
हङकङ र दुबईमा सयपत्री फूल निर्यात
Latest NewsJust now

हङकङ र दुबईमा सयपत्री फूल निर्यात

शालिग्राम नेपाल चितवन, कात्तिक २२ गते । पूर्वी चितवनको पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्न थालेको सात वर्ष भयो । कोरोना महामारीका कारण रोजग... ...

गोरखापत्र
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play