Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्‍याउनेछ। गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । निर्माण सम्पन्न भएपछि उक्त पूर्वाधार सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको राज्यको वैधानिक निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान (निगमित) को स्वामित्वमा रहनेछ। प्रस्तावित प्रशोधन केन्द्रले दैनिक छ करोड ५० लाख लिटर प्रशोधित पिउने पानी आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ । यसबाट सर्वसाधारणका लागि पानीको उपलब्धता बढ्नुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर परिसरलाई पनि पानी आपूर्ति हुनेछ । रासस/सिन्ह्वा The post मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया
TechnologyJust now

गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया

गुगलले अन्तरिक्षमै डाटा सेन्टर स्थापना गर्ने आफ्नो योजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसै महिनाको सुरुवातमा स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको प्रयोगात्मक ‘सनक्याचर’ परियोजनाअन्तर्गतको स्याटेलाइटले काम गर्न र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनहरूसँग सञ्चार गर्न थालेको छ। एआई स्याटेलाइटमा एआई प्रशोधनका लागि तयार पारिएका चारवटा टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) जडान गरिएका छन्। पहिलो परीक्षणका क्रममा इन्जिनियरहरूले स्याटेलाइटमा राखिएको जेम्मा ४ मोडललाई अन्तरिक्षबारे ...

टेक्नोलोजी खबर
दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु
TechnologyJust now

दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु

दक्षिण कोरियाले राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ। विदेश मन्त्रालयले मङ्गलबार चुहावटको स्रोत र त्यसमा संलग्न व्यक्तिबारे पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग काम गरिरहेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ली र उनकी पत्नीको जन्ममिति, पासपोर्ट नम्बर तथा राष्ट्रपतिको विदेश भ्रमणमा सहभागी वरिष्ठ अधिकारीका व्यक्तिगत विवरण समेटिएको कम्प्युटर फाइल ...

टेक्नोलोजी खबर
प्रविधिको विस्तारसँगै पानी पूर्वाधारमा गुगलको ध्यान, मलेसियामा १६ करोड डलर लगानी
TechnologyJust now

प्रविधिको विस्तारसँगै पानी पूर्वाधारमा गुगलको ध्यान, मलेसियामा १६ करोड डलर लगानी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियामा आफ्नो डाटा सेन्टर सञ्चालनलाई आवश्यक पानीको व्यवस्था गर्न १६ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा स्थानीय समुदाय र औद्योगिक क्षेत्रलाई समेत लाभ पुग्ने गरी साझा पानी पूर्वाधार निर्माण गर्ने घोषणा गरेको हो ।गुगलको यो लगानीबाट निर्माण हुने पूर्वाधारले पोर्ट डिक्सन क्षेत्रमा प्रस्तावित डाटा सेन्टर सञ्चालनमा सहयोग ...

आइसिटी समाचार
साइबर सुरक्षा जोखिमपछि नयाँ ई-जीपी प्रणाली सञ्चालनमा
TechnologyJust now

साइबर सुरक्षा जोखिमपछि नयाँ ई-जीपी प्रणाली सञ्चालनमा

काठमाडौं । साइबर सुरक्षाको जोखिम देखिएपछि झन्डै दुई महिनादेखि प्रभावित बनेको सार्वजनिक खरिद प्रक्रिया नयाँ विद्युतीय प्रणालीमार्फत पुन: सञ्चालनमा आएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ संस्करणको विद्युतीय खरिद प्रणाली (ई-जीपी) कार्यान्वयनमा ल्याउँदै अब निर्माण कार्य तथा मालसामान खरिदका सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र नयाँ प्रणालीबाट मात्रै प्रकाशन गर्न सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।कार्यालयले कात्तिक १७ गते सूचना ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play