काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलका नरेश भट्टविरुद्ध आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको आरोपमा चलिरहेको मुद्दा अघि बढ्ने भएको छ । अदालतले नरेशका वकिलले मुद्दा खारेज गर्न गरेको माग अस्वीकार गरेपछि सुनुवाइ थप अघि बढ्ने भएको हो । भर्जिनियाका न्यायाधीशले अभियोजन पक्षले पेस गरेका परिस्थितिजन्य प्रमाण मुद्दा अघि बढाउन पर्याप्त रहेको ठहर गर्दै प्रतिरक्षा पक्षको माग खारेज गरेका हुन् । अभियोजन पक्षले डीएनए परीक्षण, रगतका नमुना, इन्टरनेटमा गरिएका खोजी तथा निगरानी क्यामेराका दृश्यलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ । यद्यपि, ममताको शव अहिलेसम्म फेला परेको छैन । सन् २०२४ मा मनासस पार्कस्थित आफ्नै घरबाट ममता बेपत्ता भएकी थिइन् । त्यसयता उनको अवस्था अज्ञात छ । ममताको हत्या गरी शव लुकाएको आरोपमा नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, मृत शरीरको अपमान तथा शव लुकाएको अभियोग लगाइएको छ । नरेशले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
ममता हत्या प्रकरण : नरेश भट्टविरुद्धको मुद्दा खारेज गर्न अदालतद्वारा अस्वीकार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






