Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार छ हप्ता लामो सुनुवाइपछि नरेशलाई ‘फर्स्ट-डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्याको आरोपमा दोषी ठहर गरेको हो। अदालतले उनलाई शवको अपमान गरेको र त्यसलाई लुकाएको अभियोगमा पनि दोषी पाएको छ। सुनुवाइको क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए। तर सरकारी वकिलले नरेशको भनाइलाई आधारहीन भन्दै अस्वीकार गर्न जुरीलाई आग्रह गरेका थिए। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले प्रतिवादीले ममताको हत्या गरी उनको शरीर टुक्रा-टुक्रा पारेर फोहोर फाल्ने ठाउँमा फालिदिएको बताएकी छिन्। सामीले भनिन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले।’ उनले थपिन्, ‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँलाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ हराइरहेकी हुनेछिन्। उनी अब जीवित छैनन्, तर उनी अझै पनि हराएकी छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा-टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ।’ प्रथम श्रेणीको हत्याको कसुरमा भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यसबाहेक शव लुकाएको र अपवित्र पारेको प्रत्येक कसुरमा पाँच-पाँच वर्षसम्मको कैद सजाय हुन सक्छ। अदालतले मार्च महिनामा उनलाई हुने अन्तिम सजाय निर्धारण गर्नेछ। फैसला सुनाइँदा अदालत बाहिर भेला भएका ममताका साथी र स्थानीय नेपाली समुदायले निर्णयको स्वागत गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते
Latest NewsJust now

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका–११ निवासी... ...

रातोपाटी
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
Latest NewsJust now

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयता अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन् । उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ...

नेपालन्युज
तिहारको उज्यालोमा रातकी रानी बन्यो फिदिम
Latest NewsJust now

तिहारको उज्यालोमा रातकी रानी बन्यो फिदिम

नारायण तुम्बापोफिदिम, कात्तिक २५ गते । पाँचथर सदरमुकाम फिदिम बजार सामान्य दिनमा पनि रातको समयमा उज्यालो नै देखिन्छ । नियमित विद्युत् आपूर्ति र फिदिम नगरपालिकाले बजार क्षेत्रमा जडान... ...

गोरखापत्र
भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?
Latest NewsJust now

भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?

काठमाडाैं । भाइटीका भन्नासाथ निधारमा सप्तरङ्गी टीका, गलामा मखमली माला र हातमा भाइमसला । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि सगुनका रूपमा भाइ मसला दिने परम्परा नेपाली समाजमा प्रचलित छ । मिठो स्वाद र आत्मीयताको प्रतीक मानिने भाइ मसला केवल चाडपर्वको उपहार मात्र होइन, पोषणका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । सामान्यतया भाइ मसलामा काजु, बदाम, ओखर, किसमिस, पेस्ता, नरिवल, छोकडा र मखानालगायतका सामग्री ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play