Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन
Photo / Coverage: टक्सार

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छिन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन् । छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन् । उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पुरुष फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली
Latest NewsJust now

पुरुष फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली

ललित बसेलसुर्खेत, मङ्सिर १० गते । सुर्खेतमा जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलमा कर्णाली प्रदेश लिगको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार तेस्रो दिनको पहिलो खेलमा... ...

गोरखापत्र
खुसीको पीडा
Latest NewsJust now

खुसीको पीडा

“सुन त उजेली आज छोरा घर आउँदै छ रे ।” पतिको कुरा सुनेर हर्षले विभोर भइन्, आँखाबाट नजानिँदो हल्का वर्षा भयो । लडाइँमा गएको छोरासहित सबै सैनिकलाई गोली लागेको भन्ने खबरले उनीहरू स्तब्... ...

गोरखापत्र
बिरामीको उपचार गर्ने हातहरूको पीडा कसले सम्बोधन गर्ने ?
Latest NewsJust now

बिरामीको उपचार गर्ने हातहरूको पीडा कसले सम्बोधन गर्ने ?

नेपालको स्वास्थ्य क्षेत्र विस्तारित हुँदै गएको छ । अस्पतालका भवन अग्लिएका छन्, अत्याधुनिक उपकरण भित्रिएका छन्, निजी स्वास्थ्य संस्थामा लगानी बढेको छ र स्वास्थ्य सेवा व्यवसायका रूपमा पनि विस्तार भइरहेको... ...

रातोपाटी
विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड
Latest NewsJust now

विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

काठमाडौँ । विश्व दिगो यातायात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement