Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
Photo / Coverage: पर्दाफास

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिए। उनका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् । आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् । ‘अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्, प्रमुख भुजेलले भने, ‘सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटकले यहाँको सुन्दरताको अवलोकन तथा भ्रमणमा आएका छन् ।’ अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उनले बताए। ‘जोखिमकै अवस्थामा पनि मनाङको सौन्दर्यता तथा प्राकृतिक, सांस्कृतिक क्षेत्रको भ्रमणमा आएका हुन् । जोखिम कम भएपछि अहिले पर्यटक गन्तव्यतर्फ पुगिसकेका छन्,’ उनले भने। अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल आरोहण गर्न पर्यटक आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन् । पछिल्लो समय सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै पदयात्रा सुरु हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन सुरु
OthersJust now

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन सुरु

विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर ५ (बिहीबार) सम्म चल्नेछ । ‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको मेलाले बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रलाई थप दिगो, सुदृढ र उत्थानशील ...

पर्दाफास
केएस भरतले एनपीएल नखेल्ने
OthersJust now

केएस भरतले एनपीएल नखेल्ने

१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो । आज काठमान्डु गोर्खाजले फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन् । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं… ...

अनलाइन खबर
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
OthersJust now

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो । भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play