Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रतिपक्षलाई आक्रमण गरेर सत्ताको अपराध लुकाउने प्रयास भईरहेको कांग्रेस महामन्त्री संग्रौलाको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रतिपक्षलाई आक्रमण गरेर सत्ताको अपराध लुकाउने प्रयास भईरहेको कांग्रेस महामन्त्री संग्रौलाको आरोप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले सत्ताको दुरुपयोग गरेर कांग्रेसमाथि प्रहार भइरहेको र यसले सरकारको छाडातन्त्र नलुक्ने बताएकी छन् । उनले इनम सापकोटा प्रकरणमा सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने घामजस्तै छर्लङ्ग भएको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आममान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिएको बताएकी छन् । उनले भनेकी छन्, ‘लोकतन्त्रको शतत् पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ ।’ उनले भनेकी छन्, ‘प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपतिले दक्षिणकाली मन्दिरमा पुगेर गरे पूजाअर्चना
Latest NewsJust now

राष्ट्रपतिले दक्षिणकाली मन्दिरमा पुगेर गरे पूजाअर्चना

• राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्। • उनले प्रथम महिला सविता पौडेलसहित टीकाप्रसाद ग्रहण गरे। • मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीले राष्ट्रपति पौडेललाई स्वागत गरे। ...

नेपालबहस
काठमाडौं आइपुगे भारतीय विदेश सचिव
Latest NewsJust now

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो । स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् । कार्यक्रम तालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने उल्लेख छ । भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play